स्रोत-साधनले सम्पन्न नेपालका युवालाई पैसा खोज्न दलालहरुले मरुभूमि पठाइरहेका छन् : विप्लव
‘समृद्धिका लागि नेपालमा अन्तिम विद्रोह आवश्यक’
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १७:५०:२२
८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा समृद्धि र स्वाधीनताका लापग अन्तिम विद्रोहको आवश्यक रहेको बताएका छन् ।
समाजवादी मोर्चाको वीरगन्जमा आज आयोजित सन्देश सभामा बोल्दै उनले नेपालका दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह गरेर नफ्याँकेसम्म समृद्धि र स्वाधीनता कायम नहुने बताए । विद्रोहमा मधेसको साथ अनिवार्य रहेको उनको भनाइ छ ।
दलाल र खराब पुँजीपतिको दबदबाका कारण श्रमजीवि वर्ग र मजदुर, किसान सधैं अन्याय र अभावमा परेको बताउँदै त्यसलाई चिर्न विद्रोह एक मात्र विकल्प रहेको उनले बताए । समाजमा ऋण दिएर चर्को ब्याज उठाउने काम दलाल व्यवस्थाकै कारण भएको भन्दै त्यसलाई फाल्न सबै नागरिक एकजुट हुनुपर्ने बताए । विद्रोहको नेतृत्व मोर्चा र आफ्नो पार्टीले गर्ने बताए ।
उनले राजनीतिमा दलालीकरण भएकै कारण मुलुक प्राकृतिक रुपले धनी भइकन पनि युवाहरुलाई पैसा खोज्न विदेश जानुपर्ने बाध्यता रहेको बताए । ‘दलाली संस्कारकै कारण नेताहरुले हाम्रा युवाहरूलाई अहिले पनि पैसा खोज्न मरुभूमि पठाउने काम गरिरहेका छन्, युवालाई बेचेर खाने काम कदापि राम्रो होइन’ उनले भने ।
मोर्चा गठनपछि देशीविदेशी दलालहरु आत्तिएको र मोर्चालाई घेराबन्दी गर्ने योजना लागेको भन्दै जस्तोसुकै घेराबन्दी तोड्ने क्षमता मोचाँसँग रहेको बताए । नेपाली विशेषताकाे समाजवादी व्यवस्था स्थापना नभएसम्म मुलुकमा समृद्धि नआउने भन्दै युवाहरुलाई त्यसतर्फ लाग्न अपिल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार