स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १८:१९:२
८ भदौ, कक्स बजार, 'बङ्गलादेश' । सुरक्षित रुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोधप्रदर्शन गरेका छन् ।
हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज बङ्गलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तरराष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ ।
शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छभने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलव्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलब्ध भएको छ ।
“हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,” रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बाबजुद करिब दश हजार शरणार्थी विरोधप्रदर्शनमा सहभागी भएका थिए ।
विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् ।
बङ्गलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार