बजार छिर्ने नाकामा कडा सुरक्षाबीच धरानमा निषेधाज्ञा
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार ११:२१:१०
९ भदौ, काठमाडौं । धरानमा निषेधाज्ञा जारी छ । शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार मध्यरातदेखि शनिबार मध्यरातसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र सम्पूर्ण वडा लगायत तपसिलका क्षेत्रमा समेत लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
जसअनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं बाट बराहक्षेत्र नपा वडा नं ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी छ ।
डेंगुलाई समेत कारण बनाएर जारी निषेधाज्ञाको मुख्य कारण भने शनिबार धरानमा हुनसक्ने संभावित दुर्घटना रोक्नु हो । धरानका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलहरू र नागरिक समाजबाट जारी वक्तव्य समेतले स्थानीय प्रशासनको निषेधाज्ञा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले जारी भएको प्रष्ट हुन्छ ।
धरानका मेयर हर्क साम्पाङ र १३ राजनीतिक दलले शुक्रबार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपील गरेका छन् । ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८० । ०५। ०९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी छ ।
आज हिन्दु समुदाय र हिन्दु इतर समुदाय दुवैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिन अघि एक समूहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । तर, जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरूपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार