नेपालमा धार्मिक सदभाव बिथोल्ने प्रयास भइरहेको छ, सबै मिलेर यसलाई कायम राख्नुपर्छः डा.शेखर कोइराला
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १२:२९:१
९ भदौ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै यसलाई सबै नेपाली मिलेर बचाउनुपर्ने बताएका छन् । धार्मिक सद्भाव बिग्रिन नदिन र कायम राख्न आवश्यक भएको उनको भनाइ छ । नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा कोइरालाले संविधानमा धर्मबारे प्रष्ट लेखिएको र यो सद्भाव खल्बल्याउने काम स्वीकार्य नहुने बताए ।
कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोलेका कुराले अहिले अप्ठ्यारो परिस्थिति सिर्जना गरेको बताए । प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले एकत्रित भएर बसेको समाजलाई भड्काउने काम गरेको उनको भनाइ छ ।
नेताहरूले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने कोइरालाको भनाइ छ । अमेरिकी अध्ययनले नेपालमा बाह्य लगानीको प्रशस्त सम्भावना देखाए पनि सरकारका कमजोरीले आउन नसकेको बताए । उनले सरकार अस्थिर र बोझिलो कर्मचारीतन्त्रलगायत कारण लगानी गर्ने मानिस हतोत्साहित हुन थालेको बताए ।
कोइरालाले सामाजिक सदभाव कायम राख्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चारकर्मी कठिन अवस्थामा पुगेपनि देशमा सदभाव कायम राख्ने कुरामा सचेत हुनुपर्ने उनको बताए । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए ।
अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,उनले भने, मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ । पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । अहिले देशको राजनीति कता गएको भन्दा पनि अप्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ, सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन, यसलाई कसरी सुधार गर्ने हो भन्ने मलाई चिन्ता छ ।
विश्व तस्करहरूको अखडा बन्दै गएको र थप जोखिम रहेको सुनाउँदै उनले भने, नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ । हङकङको विमानस्थलबाट कसरी त्यत्रो सुन आयो । सरकार जसरी पनि बनाउन नहुने भन्दै उनले कोशी प्रदेशमा यस्तै प्रयास गर्दा कठिनाई आएको बताए । प्रधानमन्त्री प्रचण्डले अदालत ‘बढी एक्टिभ भयो’ भन्ने कुरा आफूसँग राख्दा संविधान र कानुनअनुसार काम गर्न सुझाव दिएको कोइरालाले स्मरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार