वाग्मतीमा महाजलयात्रा गरेर नदी महोत्सव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १२:४६:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_KWWdNoR6kJ_QHVefitqTh.jpg)
९ भदौ, काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन जलयात्रा गरेर नदी महोत्सव गरिएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न गरिएको उनको भनाइ छ ।
उपत्यकाबासीमा नदी सरसफाइबारे जागरण गराउने लगायत उद्देश्यका साथ नेपाल र्याफ्टिङ एजेन्सिज (नारा),नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डोलको आयोजनामा शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरिएको हो । नाराका अध्यक्ष शिव अधिकारीका अनुसार प्राकृतिक सुन्दरता कायम राख्न र संरक्षणबारे उपत्यकाबासीलाई चेतना जगाउने उद्देश्य राखेर भएको यो २२ औं जलयात्रा हो ।
ललितपुरको कुपन्डोलस्थित वाग्मती पुलबाट सुरु भएको जलयात्रामा १७ वटा बोट सहभागी थिए । जलयात्रामा ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जन, वातावरणविदलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार