मुख्यसचिवको नेतृत्वमा सुशासन कार्ययोजना बनिरहेको छ, मन्त्रिपरिषदले पास गरेपछि अभियान सुरु हुन्छः मन्त्री खड्का
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १३:४५:५८
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले सरकारले सुशासन कार्य योजना सार्वजनिक गर्न लागेको जानकारी दिएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले सुशासन कार्ययोजनाले ड्राफ्ट तयार भइरहेको र यसलाई तयार हुने बित्तिकै सार्वजनिक गरिने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकारले केन्द्रमा राखेर कार्य योजना बनाइरहेको बताए । उनले सरकारका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने सोचमा सरकार रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कार्य योजनामा जनताले पाउने सेवालाई प्राथमिकता दिइने बताए ।
सरकारका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लागेको र सुशासनको कार्य योजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हामीले पहल गरिरहेका छाँै, उनले भने । खड्काले अब यो महिनाभित्रै त्यो कार्य योजना तयार भएर मन्त्रिपरिषदले पास गरेर कार्य योजनामार्फत नेपाल सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्य योजनाको घेराभित्र अनुबन्धित गर्ने बताए ।
उनले भने, ‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई प्रधानमन्त्रीको नेतृत्वमा नेपाली कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरू मिलेर अहिले सरकार चलाइरहेका छौँ । नेपाली कांग्रेस सरकारमा गएको अहिले लगभग साढे ४ महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा एउटा संकल्पसहित हामी अघि जानुपर्छ भन्ने सोच हाम्रो सोच हो ।’
उनले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्य योजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले महसुस गर्ने गरी सरकार अघि बढिरहेको बताए । उनले सरकार दोषी छुट्नुहुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको समेत बताए ।
उनले कुनै पनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘दोषी उम्कन र निर्दोष पर्नु हुँदैन । छानबिनका प्रक्रियाहरू अधुरा छन्, बाँकी छन्, चलिरहेका छन्, यसको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक हो । हाम्रा नेताहरुले केही कुरा उठाउनुभएको छ, त्यसलाई अस्वाभाविक मान्दिन, त्यसको अन्तिम टुंगो अदालतले नलगाएसम्म यी कुराहरू हुन्छन् ।’
उपप्रधान एवं रक्षामन्त्री खड्काले कुनै पनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार