निषेधाज्ञाका कारण धरान बजार सुनसानः प्रवेश नाकामा सुरक्षाकर्मीको कडा निगरानी, सवारी आवागमनमा रोक
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १४:२०:८
९ भदौ, सुनसरी । सुनसरीको धरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धार्मिक अभियन्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । धार्मिक सद्भावमा खलल आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धरानका धेरै क्षेत्रमा आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । धरान प्रवेश गर्ने मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । प्रहरीले सुनसरीको धरानतर्फ जाने सवारीसाधनलाई इटहरीमै रोकेको छ । यात्रुवाहक र हलुका सवारी पनि रोक लगाइएको छ । मोटरसाइकल पनि चल्न रोक लगाइएको छ ।
‘गोरुको मासु खाँदै गरेको’ फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दुवादीहरुले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिबार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
यसै बीच इटहरीमा धार्मिक अभियन्ताले प्रदर्शन गरेका छन् । हिन्दु अभियानले सामाजिक सद्भाव कायम राख्न भन्दै प्रदर्शन गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार