कोरियामा अब बिमानमा चढनु अघि यात्रुलाई तौलने
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १४:४४:४
९ भदौ, सियोल । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ। अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ । यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के हो थाहा पाउनुहोस्।
दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन कोरियन एयरले विमानमा चढ्नुअघि यात्रुको तौल लिने बताएको छ। कोरियन एयरलाइन्सले उडान सुरक्षाका लागि यात्रुको औषत तौल र साथमा रहेको सामान नाप्ने बताएको छ । जुन महिनामा न्युजिल्याण्डमा एयर न्युजिल्याण्डबाट यात्रा गर्ने १० हजारभन्दा बढी यात्रुले पनि उडान अघि आफ्नो तौल नाप्नु परेको थियो ।
डेली मेलका अनुसार राजधानी सियोलका दुई ठूला एयरपोर्टबाट उडान भर्ने यात्रुहरूले त्यहाँ राखिएको डिजिटल स्केलमा आफ्नो तौल रेकर्ड गर्नु पर्नेछ। सरकारले उडान सञ्चालनको सुरक्षाका लागि यो निकै महत्वपूर्ण भएको बताएको छ ।
दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कोरियाली वायुसेवा कम्पनीहरूलाई आफ्नो ‘विमानको तौल र सन्तुलन व्यवस्थापन मापदण्ड’ अद्यावधिक गर्न आग्रह गरेको छ। उडान सञ्चालनका लागि आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
कोरियन एयरले नयाँ नियमहरूको पालना गर्छ र सुरक्षाप्रति प्रतिबद्ध छ। यात्रुको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको एयरलाइन्सको विश्वास छ । नयाँ नियमहरू अगस्ट २८ देखि जिम्पो एयरपोर्टमा लागू हुनेछन् भने इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर ८ देखि लागू हुनेछन्।
सरकारको यो निर्णयका कारण जनताको गोपनियतामा खतरा बढेको छ । सबैको बीचमा यसरी आफ्नो तौल दिनु उचित नभएको मानिसहरु बताउँछन् । एयरलाइन्सले यात्रुको गोपनियताको पूर्ण ख्याल राख्ने बताएको छ । यात्रुको तौलका आधारमा प्राप्त तथ्याङ्कलाई सर्वेक्षणका लागि प्रयोग गरिने बताइएको छ । जसको तौल बढी हुन्छ, त्यसले बढी पैसा तिर्नुपर्छ भन्ने होइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन
मंसिर २८, २०८१ शुक्रबार
नबिल बैंकको १० प्रतिशत नगद लाभांश पारित
मंसिर २८, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
मंसिर २८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार