स्थानीय तहको व्यथितिः अध्यक्षको मनोमानीले किसानहरू मारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १०:४४:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/arjunchaupari_FvFFzs4g2R_134ba7N66J.png)
•प्रकाश डोटेल
९ भदौ, अर्जुनचौपारी (स्याङ्जा) । निर्वाचित जनप्रतिनिधि कर्तव्यनिष्ठ र जवाफदेयि नहुँदा सर्वसाधारणले कसरी दुःख पाउँछ ? निर्वाचन जितेको उन्मादमा रम्दा प्रतिस्पर्धीले मात्रै होईन सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य हुन्छन् । सर्वसाधारणलाई सास्ती दिनुपर्ने कुनै कारण छैन् तरपनि विगत १ वर्षदेखि गाउँपालिकाका अध्यक्षको मनोमानि जारी छ, सर्वसाधारणले विना सित्तै मार खेप्दै आएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामिण स्वावलम्बन साना किसान सहकारी संस्था लि. का केहि पदाधिकारीसँगको बेमेललाई देखाउँदै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँपालिकाको साझेदारीमा संचालित कार्यक्रम बन्द गरेपछि र सिफारिस नगरेपछि स्थानीयले सास्ती भोग्दै आएका छन् ।
२०५९ सालबाट संचालित सहकारीले साना किसान समूह मार्फत उत्पादनका गतिविधि गर्दै आएको थियो । अघिल्लो कार्यकालमा गाउँपालिकासँगको सहकार्यमा किसानलाई रासायनिक मल वितरण, पशु बिमा, टनेल तथा बिउबिजन वितरण, सहकारी शिक्षा, सुत्केरी स्याहार, मृत्यु संस्कार र अध्ययन अवलोकन भ्रमण गर्दै आएकोमा पछिल्लो समय पालिकाका अध्यक्ष तिवारीकै कारणले सबै कार्यक्रम अबरुद्ध भएका छन् ।
कृषि सामग्री कम्पनीबाट सहकारीले रासायनिक मल ल्याउन पालिकाको सिफारिस अनिवार्य छ । २०७९ को स्थानीय निर्वाचनपछि पालिका अध्यक्ष भएका प्रकाश तिवारीले सिफारिस रोकेपछि मल ल्याउन बन्द भएको छ । खासगरी युरिया, डिएपी र पोटास समेत वार्षिक एक हजार बोरा मल ल्याएर सहुलियत मुल्यमा बिक्री वितरण गर्दै आएको सहकारी आर्थिक वर्ष २०७९÷०८० अवधिमा मल सेवा प्रबाह गर्न शुन्य प्रायः छ ।
“सहकारीका पदाधिकारीसँगको बेमेलकै आधारमा पालिका अध्यक्ष तिवारीले रासायनिक मल खरिद तथा बिक्री वितरण रोकेको मात्र होईन ।” सहकारी अध्यक्ष बोधनारायण अर्यालले भने, “पालिकासँग सहकार्यमा संचालित पशु बिमा, टनेल, बिउबिजन वितरण सेवा सबै रोकिएको छ ।” सहकारीका झण्डै प्रत्यक्ष २६ सय र अप्रत्यक्ष २२ सय किसान सेवाको मारमा परेका छन् ।
पालिकाले सेवा अबरुद्ध गरेपछि मारमा परेका सहकारीमा आबद्ध किसानहरु कालोबजारीबाट महँगो मुल्यमा रासायनिक मल किन्न बाध्य छन् । पालिकाले प्रतिकेजी २३ रुपैयाँमा रासायनिक मल बिक्री वितरण गर्न निर्देशन दिएपनि स्थानीय बजारमा मल प्रतिकेजी ४० रुपैयाँसम्म बिक्री भएको छ । कालोबजारी नियन्त्रणमा समेत पालिका मुखदर्शक बनेको किसानको आरोप छ ।
किसानले पाउँदै आएको सेवा अबरुद्ध नगर्न पटक–पटक पालिकालाई आग्रह गरेपनि अध्यक्ष तिवारीको अटेरीले सिमा नाघेको भन्दै सथानीय किसान आक्रोशित छन् । अटेरी गर्ने क्रम जारी रहे पालिकाबाट पाउने अन्य सुविधा समेत नलिएर आन्दोलित हुने मुडमा किसान पुगेका छन् ।
काँग्रेसबाट पालिकाको उम्मेदवार बनेका तिवारीको पक्षमा सहकारीका केहि सदस्य निर्वाचनका समय बिरोधीमा खडा भएको उनी निकट श्रोतले जनायो । बिरोध हुँदाहुँदै तिवारीले चुनाव जितेपछि बोलाएर सहकारीले खादा माला र अमिर सहित सम्मान नगरेको भन्दै अध्यक्ष तिवारीले त्यहि झोकमा सेवा अबरुद्ध गर्न तल्लिन रहेको श्रोतको भनाई छ ।
सेवा अबरुद्ध गर्दै आएका पालिकाका अध्यक्ष तिवारीले उक्त सहकारीलाई दर्ता खारेजसम्मको धम्कि दिने गरेको स्वावलम्बनका एक पदाधिकारीले बताए । सहकारी डुबाउनेहरुको लहैलहै लागेर तिवारीले राम्रो काम गर्दै स्वावलम्बनलाई गिद्धे नजर लगाएको त्यी पदाधिकारीको बुझाई छ ।
सहकारीलाई दिएको सिफारिकै आधारमा सेवा उपभोग गर्दै आएका किसानहरु मारमा परेपछि सेवा अबरुद्ध किन गरेको हो ? भन्ने सवालमा दर्जन पटक फोन सम्पर्क गर्न खोज्दा अध्यक्ष तिवारी सम्पर्कमा आउन चाहेनन् । सोहि प्रश्नमा सम्पर्क गर्दा उपाध्यक्ष सपना गुरुङ्को फोन उठेन । उता वडा नं. २ का वडाध्यक्ष तथा पालिकाका प्रबक्ता धनबहादुर गुरुङ्ले सहकारी र सेवा अवरुद्धका बारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार