सार्वजनिक शौचालयमा काजकिरिया
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १७:१५:३६
प्रकाश डोटेल
९ भदौ, वालिङ (स्याङ्जा) । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए ।
मजदुरी गरेर मात्रै शहर बजारमा परिवारको जीविकोपार्जन गर्न निकै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न सुरु गरे ।
४२ बर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न शुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाट परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको उर्जाशिल ४२ बर्ष खर्चेका नेपाली गत हप्ता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्कोका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए ।
जेनतेन परिवार चलाउदै आएका पेमेको मृत्युपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका वडा नं. ८ स्थित मालेबगर खेलमैदानको सार्वजनिक शौचालयमा काजक्रिया गर्दै आएका छन् ।
५ छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, बढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमान्को किरिया बसेकी पवि भन्छिन्, “स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायी रुपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रो समेत एक सहकारी संस्थाले भवन बनाउदा भत्कायो ।” “छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै ।” उनले भनिन्, “किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनु परेको छ ।”
१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाई छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बङ्लादेशमा समेत सहभागी भईसकेकी थिईन् । आमा पविसँगै छोरी शान्त पनि सार्वजनिक शौचालयमा बुवाको किरिया छिन् ।
घरको पिल्लर रुपी श्रीमान्को नै निधन भयो, अब झन बेसहारा भएका छौं । श्रीमान् गुमाउनुको पिडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पविलाई थप पिरोलेको छ । कमाई गर्न सक्ने छोराछोरी ज्याला मजदुरी गरेर आ–आफ्नो परिवार पाल्न बाध्य छन् । तर बोल्न नसक्ने सहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ ।
हिन्दू परम्परा अनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाहरुले सहयोग पनि गरेका छन् ।
बोलबम समिति वालिङले थोरै भएपनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार