मल्टीपर्पस फाइनान्सको आजबाट हकप्रद शेयर बिक्री खुला
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १०:५३:३६
१० भदौ, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गते आइतबारदेखि ३५५ हकप्रद शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रूपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद शेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । यसमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस हकप्रद शेयरलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिङ्गल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस हकप्रदमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
आवेदकले यस हकप्रदमा मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसपोर्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
साउन १०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
उपसभामुख हटाउने चर्चाकाबीच कांग्रेस सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन
भदौ २६, २०८१ बुधबार
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
भदौ २६, २०८१ बुधबार
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
भदौ २६, २०८१ बुधबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार