गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १०:५५:२४
१० भदौ, मुम्बई । बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ ।
हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन ।
तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ । तारा सिंह र सकिनाको कथाले विश्व भर करोडौंको व्यापार गरेको छ । हालै यसको १६ औं दिनको कमाई सार्वजनिक भएको छ । एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ । विगत ५ दिनदेखि गदर २ को कमाइमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्शन गरेको छ ।
अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ । आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आँकडा छुने अपेक्षा गरिएको छ । योसँगै विश्वव्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ ।
गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन् । सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ ।
फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् । गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
थलापति विजयको अन्तिम फिल्मको घोषणा
भदौ ३०, २०८१ आइतबार
हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार