जिम्बाबेका राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:३:२५
१० भदौ, लन्डन । जिम्बाबेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो पटक आमनिर्वाचनमा विजयी भएका छन् ।मिडिया रिपोर्टका अनुसार राष्ट्रपति नानगाग्वा शनिबार दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित भएका हुन । तर, उनको सत्तारुढ दल जेनयू पीएफले चुनावमा व्यापक धाँधली गरेको आरोप लागेको छ ।
जिम्बाबे निर्वाचन आयोगले २०२३ को राष्ट्रपति चुनावको नतिजा घोषणा गरेको छ। ‘महामहिम राष्ट्रपति इमर्सन मननगाग्वाले २३,५०, ७११ भोट ल्याएर विजयी घोषित भए, जसमा ५२.६ प्रतिशत भोट प्राप्त रहेको छ भने सिटिजन्स कोलिसन फर चेन्ज पार्टीका नेल्सन चामिसाले १९,०६,७३४ मत प्राप्त गरेका छन, जुन ४४ प्रतिशत भोट हुन आउँछ,’ जिम्बाबेको सूचना मन्त्रालयले जनाएको छ।
राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल पछि इमर्सन मनानगाग्वाले आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेल्सन चमिसलाई पराजित गरेर देशको सत्तामा आफ्नो पकड बलियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिपक्षले भने धाँदली गरेर चुनाव जितेको आरोप लगाएका छन् ।
जिम्बावेले विगत दुई दशकदेखि विनाशकारी आर्थिक नीतिहरूको सामना गरिरहेको छ। मुलुकमा मुद्रास्फीति, बेरोजगारी, औषधि र चिकित्सा उपकरणको अभाव बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार