एमसीसी सम्झाैता कार्यान्वयन राेक्न कार्यालय घेराउ गर्दै नेकपा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:३०:२७
१० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता कार्यान्वयन रोक्न आज देशव्यापी प्रर्दशन गर्ने भएको छ । संसदबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहितको एमसीसी सम्झौताको कार्यान्वयन रोक्न नेकपाले देशव्यापी विरोध प्रर्दशन गर्न लागेको हो ।
आजै सम्झौता कार्यान्वयन गराउन दरबार मार्गमा स्थापना गरिएको एमसीसीको नेपाल एकाउण्टको कार्यालय घेराउ गर्ने जनाइएको छ । शनिबार कार्याल प्रमुख खडकबहादुर विष्टको पुत्ल दहन गरेको थियो ।
पूर्वघोषित कार्यक्रम अनुसार आइतबार देशव्यापी प्रदर्शन र काठमाडौं उपत्यकाका प्रदर्शनकारीले कार्यालय घेराउन गर्ने भएका छन् । सरकारले गरेको व्याख्यात्मक टिप्पणीलाई समेत बेवास्त गरेर कार्यालयले जबर्जस्त रुपमा सम्झौता कार्यान्वन गर्न खोजेको भन्दै नेकपाले आक्रोश व्यक्त गर्दै आइरहेको छ ।
उसले कार्यालयले सहयोग रकम गर्न गर्न भनी तोकिएको जिल्ला नुवाकोट, काठमाडौं, धादिङ, तनहुँ नवलनपरासी लगायत जिल्लाम प्रशारण लाइन विस्तारका लागि हाइटेन्सन टावर निर्माण गर्न नदिने बताउँदै आइरहेको छ ।
विकास सहयोगले बाहनामा अमेरिकाले सरकारसँग सम्झौता गरेर आफ्नो सेनालाई नेपालभित्र वैध तवरले खडा गराउने चालबाजीसाथ राष्ट्रघाती सम्झौता अगाडि सारेको आरोप नेकपाको छ । अमेरिकाले सम्झौतामा विद्युत प्रसारण लाइन विस्तारका लागि टावर निर्माण र ग्रामीण क्षेत्रका सडक निर्माणका लागि पाँच वर्ष लगाएर ५५ अर्ब रुपैयाँ सहयोग गर्ने, त्यसको एक चौथाई रुपैयाँ नेपालले व्यवहोर्नै पर्ने सर्त उल्लेख छ । सरकारले व्यहोर्न नसकेको खण्डमा त्यहीबेलाबाट उसले हात झिक्ने र नेपालले क्षति व्यहोर्नुपर्ने सर्त राखिएको छ । साथै सम्झाै कार्यान्वयनबाट गम्भीर समस्या उत्पन्न भएमा समाधान गर्ने विषयमा नेपालकाे कानूनभन्दा सम्झाैता माथि हुने उल्लेख छ । तैपनि दलहरूले संसदबाट पारित गरेपछि सम्झाैता विवादित बनेकाे हाे ।
भदौ ५ गतेदेखि सुरु भएको विभिन्न स्वरुपको आन्दोला भदौ ११ गते काठमाडौं र १३ गते नुवाकोटमा बृहत अन्तरक्रिया कार्यक्रम संचालन गर्ने नेकपाले जनाएको छ । नेकपाले गएको साउन अन्तिम साता कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैथकले एमसीसी सम्झौता पूर्ण रुपमा खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको थियो । बिहीबार भएको एमसीसीको पुत्ला दहनका क्रममा सुर्खेत, कञ्चनपुर, दाङ लगायत जिल्लामा प्रहरीले नेकपाका नेता कार्यकर्ताहरुमाथि हस्तक्षेप गरेको थियो ।
सम्झौताको विरोधमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पनि सडक संघर्षमा उत्रिएको छ । उसले सम्झौता कार्यान्वयनमा आँखा चिम्लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई गएको बिहीबार बाँकेको कोहलपुरमा कालो झण्ड देखाएको थियो । दुवै पार्टी सम्झौता हुनै नदिने पक्षमा लागेका छन् ।
विष्ट नेतृत्वको एमसीसीको नेपाल कार्यालयले भन यही भदौ १३ गते अर्थात जुलाई ३० देखि पूर्ण रुपमा कार्यान्वयनमा जाने बताइसकेको छ । त्यस क्रममा एमसीसीको उपनिर्देशक र एसिया हेर्ने निर्देशक निकट दिनमै नेपाल भ्रमणमा आउँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार