लक्ष्मी सनराइज बैंकको खराब कर्जा ३ गुणाले बढ्यो, बेसरेट बढ्दा कर्जा लिएकाको ब्याज भयो महँगो
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १७:३१:११
१० भदौ, काठमाडौं । हालै बिग मर्ज गरेको लक्ष्मी सनराइज बैंकको खराब कर्जा डरलाग्दो हिसाबले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा शुन्य दशमलव ८९ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ दशमलव ८१ प्रतिशत पुगेको छ । बिग मर्जरको साइड इफेक्ट यस बैंकको वित्तीय प्रतिवेदनमा देखिने निश्चित जस्तै छ ।
बैंकको बेसरेट महँगो भएको छ । अघिल्लो वर्ष ९ दशमलव ९९ प्रतिशत रहेको बेसरेट गत आर्थिक वर्षको चौथो त्रैमासमा १० दशमलव ७५ प्रतिशत पुगेको छ । यसले गर्दा बैंकबाट ऋण लिएकालाई समस्या परेको छ । कर्जाको ब्याज महँगो भएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा रमण नेपाल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा बच्छराज तातेड, मालचन्द दुगड, मनिष थापा, स्वाती रुङ्गटा र स्वतन्त्र संचालकमा विद्या बस्न्यात रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अजय विक्रम शाहदेखि वरिष्ठ डेपुटी सीईओमा शुमेड भट्टराई रहेका छन् । कस्तो आयो आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले २ अर्ब २६ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो बैंकले १ अर्ब ५१ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ४९ दशमलव ४५ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३ अर्ब ७६ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ५० करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ४६ दशमलव ४५ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ५८ दशमलव ८९ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले २ अर्ब १५ करोड संचालन मुनाफा गरेको थियो ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब २० करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ६१ दशमलव ३२ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ८ रूपैयाँ ९४ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा १० रूपैयाँ ४० पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८-७९ को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ११२ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि १०० दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २३४ दशमलव २३ प्रतिशतले बढ्दै १४ अर्ब ५ लाख पुगेको छ भने संचित मुनाफा १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १७३ रूपैयाँ ५५ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा शून्य दशमलव ८९ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव ७५ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ४२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव ९४ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार