बालुवाटार प्रकरणका मुख्य योजनाकार रामकुमार सुवेदीको बयान, ‘लेखापढी व्यवसायी भएकाले कारोवार गरे’
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १२:४:३
१० भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवासको जग्गा हडप्ने मुख्य योजनाकारका रुपमा किटान गरेका भूमाफिया रामकुमार सुवेदीले डीएलएफ प्रालिबाट जग्गा विक्रि गरेका थिए । डीएलएफ प्रालिबाट जग्ग खरिद गरेकाहरुलाई पनि प्रतिवादी बनाइएको छ । सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा उनले कम्पनी खोलेर जग्ग लिएर विक्रिग गरेको धेरै जग्गाफिता गरेको बयान दिएका छन् ।
यस्तो छ सीआईबीलाई सुवेदीले दिएको बयान: बरामदी मुचुल्कामा उल्लेखित दशी मेरो रोहवरमा मेरो घरबाट प्रहरीले रितपूर्वक बरामद गरेको ठिक साँचो हो र बरामदी मुचुल्कामा भएको मेरो नामको दस्तखत मैले गरेको दस्तखत हो हेरी चिनी सनाखत गरी दिएँ । नेपाल सरकारको जग्गामा मोहि लाग्दैन भन्ने कुरा मलाई थाहा छ । म लेखापढी व्यवसायी भएको र ललिता निवास क्याम्प भित्र जग्गा कमाउने मोहीहरुको तर्फबाट मात्र मैले निवेदन लेखिदिई वारेससम्म बसी मिति २०५० देखि मोहीहरूको तर्फबाट काम गर्दै आएको हुँ ।
उक्त जग्गाको जग्गा धनी र मोही बिच भूमि सुधार कार्यालय काठमाडौंमा मोही लगत कट्टा र मोही कायम मुद्दा चलि भूमि सुधार कार्यालय काठमाडौंले मोहीहरूको पक्षमा मोही कायम गर्ने गराउने फैसला गरेको र उक्त फैसला विरूद्ध जग्गा धनीको पक्षबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन पर्दा समेत पुनरावेदन अदालत पाटनले सुरु भूमि सुधार कार्यालय काठमाडौंको फैसलालाई सदर गरि दिएकोले सोही फैसलाको आधारमा भूमि सुधार कार्यालय काठमाडौंले जग्गा धनी र मोहीहरू बिच जग्गा बाँडफाँड समेत गरिदिए पछि उक्त जग्गाहरू बिक्री वितरण भएको थाहा छ ।
उक्त जग्गा बिक्री गर्ने जग्गा धनी शैलजा राणा, सुनिती राणा, रूक्म शम्सेर ज।ब।रा।, हेमन शम्सेर ज।ब।रा।, हाटक शम्सेर ज।ब।रा। समेत उक्त जग्गाको साविकका मोहीहरू हुन् भने खरिद कर्तामा मिन बहादुर गुरुङ्ग, उमा कुमारी ढकाल, मेरो श्रीमती माधवी सुबेदी लगायतका मानिसले खरिद गरेको हो । सो जग्गा खरिद गर्ने मुख्य लगानी कर्ता मिन बहादुर गुरूङ्ग हुन् । म तथा मेरो परिवारको नाममा ललिता निवास क्याम्प रहेका जग्गाहरु अन्य व्यक्तिहरूसँग साझेदारीमा छन् । ललिता निवास क्याम्प भित्रका मोहीहरूको नाममा जग्गाधनी प्रमाण पुर्जा तयार भएर आएपछि निजहरुले उक्त जग्गाहरु बिक्री गर्ने प्रस्ताव गरेकाले सोहि प्रस्ताव स्वीकार गरी म समेतले निजहरुबाट जग्गा खरिद गरेका हौं । निजहरूबाट जग्गाहरु खरिद गर्दा लिखतमा उल्लेखित रकम तिरी बुझाइ लाग्ने राजश्व समेत दाखिला गरी कानून बमोजिम लिखत पास पारीत गरी जग्गा खरिद गरेका हौं ।
यसरी जग्गा खरिद गर्दा मेरो भागमा परेको रकम नगदै भुक्तानी गरेको हुँ । उल्लेखित जग्गाहरु पटक पटक गरी खरिद गरिएको र खरिद गर्दा मेरो स्व(आर्जनबाट आएको रकम मध्ये बचत गरी राखेको केहि रकम, अंश बापत प्राप्त रकम र व्यक्तिगत ऋणसमेतबाट खरिद गरेको र पछि खरिद गरेका जग्गाहरुको हकमा शुरुमा खरिद गरेका जग्गाहरु मिन बहादुर गुरुङ र निजका परिवारका सदस्यको नाममा समेत बिक्री गरी सोहिबाट प्राप्त रकम समेतबाट खरिद गरेको हुँ ।
तत्कालिन समयमा भूमि सुधार कार्यालय काठमाण्डौको मिति २०५५र०१र०६ को मोही कायम फैसला र पुनरावेदन अदालत पाटन ललितपुरको भूमि सुधार कार्यालय काठमाण्डौको सुरु फैसला सदर भन्ने मिति २०५७र०३र०६ को फैसला पश्चात मोहीहरुले उक्त फैसला कार्यान्वयन गरी भूमि सुधार कार्यालय काठमाण्डौबाट फैसला कार्यान्वयन गरी मोही जग्गा धनि बिच जग्गा बाँडफाँड गरी मोहीहरुले आ(आफ्नो नाममा ज।ध। प्रमाणपुर्जा लिए पश्चात त्यसरी ज।ध। प्रमाणपुर्जा पाउने जम्मा २६ जना मोहीहरु मध्ये २२ जना मोहीहरुले उनीहरु एक आपसमा सर सल्लाह गरी हामीहरुको जग्गामा बाटो घाटो छैन, हामीहरु मध्ये कतिपयका जग्गा सरकारी निवाससँग जोडिएका छन्, हामीहरुले एकमुष्ट जग्गा बिक्री गरौं भनि उनिहरुबिच सल्लाह भएछ र सोही बमोजिम तिर्थमायाका छोरा लोक बहादुर महर्जन, विल बहादुर महर्जन, बाबुराजा महार्जन, श्री कृष्ण महर्जन समेतले जग्गा बिक्रिको प्रस्ताव ल्याएका थिए ।
उक्त जग्गाहरु आफुले बचत गरी राखेको रकम लगायत ऋण सपाटी समेतबाट संगोलनामामा रहने गरी खरिद गरेको हो । म लेखापढी व्यवसायी भएको र ललिता निवास क्याम्प भित्रको जग्गाको सम्बन्धमा मैले मिति २०५० साल देखि मात्र लेखापढी व्यवसायीको नाताले ललिता निवास क्याम्प भित्रको मोहीहरूको निवेदन लेखिदिने वारेश बसी दिने काम गरेको हुँ । मैले त शैलजा राणा, सुनिती राणा, रूक्म शम्सेर ज।ब।रा।, हेमन शम्सेर ज।ब।रा।, हाटक शम्सेर ज।ब।रा। समेतको नामको जग्गा धनी प्रमाण पूर्जाको मोही महलमा लेखिएका मोहीहरूको नाम र निज मोहिहरूले उपलव्ध गराएका उल्लेखित जग्गाको फिल्ड बुक, २ नं। अनुसूची, मोहिले जग्गा धनीलाई बुझाएको कुतबालीको भरपाई रसिद, नाता प्रमाण पत्र, मृत्यू दर्ता प्रमाण पत्र, स्थानीय निकायको सिफारिस पत्र, मागदाबीको जग्गा निज निबेदकले नै जोत कमोद गरेको छ भन्ने साँध सँधियारको सर्जमिन मुचुल्का समेतका आधारमा तिनै मोहीहरूले भने बमोजिम निबेदन लेखि दिएको र निजहरूकै अनुरोध बमोजिम वारेश समेत बसी व्यवसायिक काम गरेको हुँ ।
मैले जग्गा धनीको नामको जग्गा धनी प्रमाण पुर्जा र सोहीको श्रेस्ता पुर्जा र नापीका बखतको फिल्ड बुक र भुमी सुधार कार्यालय काठमाडौंमा भएको २ नं। अनुसूची समेतको प्रमाणको आधारमा ललिता निवास क्याम्प भित्रका जग्गाको मोहीहरूको मोहियानी हक प्राप्तीको लागि निवेदन लेखिदिने वारेश बसी दिने समेतका काम गरेको हुँ । म लेखापढी व्यवसायीको नाताले मोहीहरुले उपलब्ध गराएको कागज प्रमाण र निजहरुले भने बमोजिम मात्र मैले काम गरीदिएको हुँ । मैले मोहीहरुले देखाएको राणाहरुको नामको जग्गा धनी प्रमाण पुर्जा र मालपोत कार्यालयमा रहेको राणाहरुकै ज।ध। श्रेस्ता प्रमाण पुर्जामा लेखिएको मोहीहरुको नामहरु र नापी कार्यालयको फिल्डबुक उतार प्रमाण पत्रमा र भू।सु। कार्यालय काठमाण्डौमा रहेको मोहीहरुको २ नम्बर सूचीहरुको आधारमा निवेदन लेखिदिने र निजहरुले भने बमोजिम नै वारेस समेत बसी काम गरी दिएको हुँ ।
उल्लेखित जग्गाहरु निज जग्गाधनीहरुसँग खरिद गर्दा केहिको पुरै कित्ता जग्गा र केहिको केहि प्रतिशत जग्गा मात्र खरिद गरिएको हुँदा तिरेको रकमको आधारमा शोभाकान्त ढकालको श्रीमती उमा कुमारी ढकाल्नी, साबिक जग्गाधनीहरु समेतसँग सगोलनामामा मेरो श्रीमती माधवी सुबेदीको स्वामित्व रहन गएको हो । उल्लेखित जग्गाहरु प्राप्त गर्दा मेरो श्रीमती समेतका जग्गाधनी प्रमाण पुर्जामा उल्लेखित व्यक्तिहरुको बराबरी शेयर रहेको थियो । उल्लेखित जग्गाहरु मेरो श्रीमती समेतको नाममा स्वामित्व हस्तान्तरण भई आईसके पश्चात हाल साबिक गर्दा क्षेत्रफल बढे नबढेको यकिन भन्न सक्दिन । मिन बहादुर गुरूङ र साबित्री गुरुङको ५१ प्रतिशत सेयर र म र शोभाकान्त ढकालको ४९ प्रतिशत सेयर रहने गरी ४ जना भई भाटभटेनी डेभलपमेन्ट कं।प्रा।लि। नामको कम्पनी दर्ता गरेको हौं ।
कम्पनीको नाममा पास गरीएको करिब ९९नौ० रोपनी जग्गा बिक्री पछी हाल कम्पनीको नाममा ४(७(०(० भए जस्तो लाग्छ । मिति २०६० साल तिर अधिवक्ता युवराज कोईराला मार्फत राणाजीहरुको पनि जग्गा बिक्रीमा छ, उक्त जग्गा तपाईहरुले किनिदिनुपर्यो , राणाजीहरुसँग सबै कुरा म मिलाउछु भनि निज राणाजीहरुलाई भेटाई जग्गा खरिद गर्ने गराउने कुरा भए बमोजिम राणजीहरुको जग्गा मिन बहादुर गुरुङ लगायत हामी सबै मिलि जग्गा खरिद गर्दाको क्रममा कर्मचारी भनिएका व्यक्तिहरु मध्ये जगत प्रसाद पुडासैनी, गेहनाथ भण्डारी समेत आई कुराकानी गरी ललिता निवास क्याम्प भित्र हाम्रो पनि जग्गा छ, तपाईहरुले किनिदिनुपर्यो, हामी लगायत हामी तर्फका सबै जग्गा धनी साथिहरुलाई हामी समन्वय गर्छौ भन्नु भएको र सोही बमोजिम उहाँहरू मार्फतका सबै जग्गावालाहरुलाई उहाँहरूले नै भेटाई मोलमोलाई गरी तत्कालिन समय अनुसारको चलनचल्तिको मूल्य तिरी खरिद गरेका हौं ।
शोभाकान्त ढकालको हस्तलिखित भएको खेस्रा कागज तिर्थमाया महर्जनको जग्गा शोभाकान्त ढकाल समेतले खरिद गर्ने कुराको शुरुवातमा सहमति पत्रको लागी निज तिर्थमाया महर्जनको घरमा बसी गरिएको हो । खेस्रामा लेखिएको राम कुमार सुबेदी समेत र हामी भन्ने शब्द शोभाकान्त ढकाल र म समेतलाई भन्न खोजेको हो । उक्त खेस्रा मैले भने बमोजिम शोभाकान्त ढकालले गरेका हुन् । उक्त खेस्रा बमोजिमको सहमति तत्काल नभएकाले उक्त खेस्रा सोहि स्थानमा छाडि हामी हिँडेका थियौं । यर्थाथमा उल्लेखित जग्गाको कुतवाली हामी मोही हौ भनि समरजंग कम्पनीमा कुतबाली बुझाएको भर्पाइ रसिद लिएर आउनु भएको थियो ।
राणाजीहरुले जग्गा फिर्ता पाईसकेपछी उहाँ लगायत सबै मोहीहरुले जग्गाधनीहरु शैलजा राणा समेतका नाममा भुमि सुधार कार्यालय काठमाण्डौमा मिति २०५० साल देखि मिति २०५७ साल सम्म कुतबाली धरौटी राखि आउनु भएको थियो । पछी तेही धरौटी रकम पनि ज।ध शैलजा राणा समेतले भुमि सुधार कार्यालय काठमाण्डौ मार्फत बुझि लिएको अवस्था छ । काम गर्ने गराउने क्रममा निज तिर्थमाया महर्जन र निजका छोरा लोक बहादुर महर्जन समेतले भने अराए बमोजिम निवेदन लेखि दिई वारेस समेत बसी काम गरी दिएको हो । ललिता निवास क्याम्प भित्रका सम्पूर्ण मोहीहरुले सुरुमा समरजंग कम्पनी कार्यालयमा कुत वाली बुझाई आएका रैछन ।
राणाहरुले जग्गा फिर्ता पाएको र राणाजीहरुको ज।ध।प्रमाणपुर्जा बनेपछी राणाजीहरुले मोही लगत कट्टाको निवेदन मोहीहरु बिरुद्ध भूमिसुधार कार्यालय काठमाण्डौमा मिति २०५० सालमा हाले पछी सोही मिति २०५० सालदेखि प्रत्येक मोहीहरुले आ आफुले कामएको जग्गा कित्ताहरुको सालै पिच्छेको कुतबाली बापतको रकम जग्गा धनिहरु शैलजा राणा ,सुनिती राणा,रुक्म शम्सेर ज।ब।रा।,हेमन शम्सेर ज।ब।रा र हाटक शम्सेर ज।ब।रा समेतका नाममा भूमि सुधार कार्यालय काठमाण्डौमा करिब मिति २०५७ साल सम्मको कुतवाली रकम धरौटी राखि आएका थिए ।
उहाँको बुबा बेखा नारायण महर्जनको काम बेखा नारायण महर्जनले भने बमोजिम नै उहाँले दिएको प्रमाण कागजको आधारमा जग्गा धनी शैलेजा राणा समेत र मोही बेखा नारायण महर्जन समेत भएको जग्गामा जग्गा धनी शैलेजा राणा समेतले भूमी सुधार कार्यालय काठमाण्डौंमा निज बेखा नारायण महर्जनको नामको मोहीको लगत कट्टा गराई पाउँ भनि मुद्दा हालि बेखा नारायण महर्जनको घरमा भूमी सुधार कार्यालय काठमाण्डौंबाट म्याद पुर्जी गई सो पुर्जी निजले बुझेर भूमी सुधार कार्यालय काठमाण्डौंमा निबेदन हालि दिनु पर्योा भनि निजसँग भएको प्रमाण कागजातहरू लिई म कहाँ आएकोले मैले निबेदन लेखि दिई भूमी सुधार कार्यालयमा वारेश समेत बसी निजको मोही कायम गरि पाउनको लागि मैले काम गरेको थिएँ ।
भूमी सुधार कार्यालय काठमाण्डौंमा निज बेखा नारायण महर्जनकै माग निबेदन बमोजिम मिति २०५५र०१र०६ का दिन भूमी सुधार कार्यालय काठमाण्डौंले मोही कायम हुने ठहर गरी फैसला समेत गरी दिएको र सो फैसला उपर पुनरावेदन अदालत पाटनमा जग्गा धनी शैलजा राणा समेतको पुनरावेदन समेत परी सो पुनरावेदन मुद्दा पनि मिति २०५७र०३र०६ गतेका दिन सुरू फैसला नै सदर गरी फैसला भएकोले तिनै फैसलाहरू कार्यान्वयन गरी पुनस् भूमी सुधार कार्यालय काठमाण्डौंबाट जग्गा बाँडफाँड गराई लिई आफ्ना नाममा जग्गा धनी प्रमाण पुर्जा बनाएका हुन् । पछि निजले नै जग्गा बिक्री गर्छु भनि भनेकोले निजका छोराहरूनै साक्षी रोहवरमा बसी जग्गा बिक्री गरेका हुन् । जग्गा बिक्री गरी प्राप्त भएको लिखत बमोजिमको रकम निज बेखा नारायण महर्जनले नै बुझि लानु भएको थियो ।
२०६२० मा लिखितम हामी तपसिलमा लेखिएका मानिसहरु आगे, का।जि। का।म।न।पा। वडा न।२३ स साबिक किता न।१६ किता काट भई कायम हुन आएको किता न।२६ को क्षेत्रफल ०(१२(२(० जग्गा किता १ दर्ता गरी जग्गा धनि प्रमाण पुर्जा लिन बाकी रहेकोमा हामी समेतको नाममा रहेको साबिक लगत मौजा हाडीगाउ हा।न।४५६ को २७२।।।३।।२।। बाट भिडी दर्ता हुने जग्गा सुबर्ण शमसेरको बुहारी कनक शमसेरको श्रीमती का।जि।का।म।न।पा। वडा न।४ बस्ने सुनिती राणाको नाममा दर्ता गरी जग्गा धनि प्रमाण पुर्जा दिएमा हामीहरुको पुर्ण मन्जुरी छ पछि मन्जुर छैन भनि कुनै अड्डा अदालतमा कुनै प्रकारको उजुर बाजुर गर्ने छैनौं गरेमा यसै मन्जुरीनामाको कागजले बद्दर गरी दिएमा हाम्रो मन्जुरी छ हामीले अड्डा अदालतबाट लागेको दण्ड जरिवाना दसौद आदेशले बाकी रहेको कोर्ट फि सरकारी बिगो समेत तिर्न बुझाउन बाँकी छैन ।
किनाराका साक्षीहरुका रोहबरमा हाम्रो राजीखुसी मन्जुरीले यो मन्जुरीनामा कागज लेखि लेखाई सहिछाप गरि मालपोत कार्यालय काठमाण्डौमा चढायौ” मुकाम मालपोत कार्यालय काठमाण्डौ डिल्लीबजार हो भन्ने ब्यहोरा उल्लेख भएको मिति २०६०।०३।२३ को मन्जुरीनामा कागजमा साक्षीको रुपमा गरेको हस्ताक्षर मैले गरेको मेरो हो । अधिवक्ता युवराज कोईरालाले उक्त मन्जुरीनामा कागजमा साक्षीमा दस्तखत गरी दिनु भनेकोले मैले विश्वासमा दस्तखत गरि दिएको हो । यस सम्वन्धमा अन्य मलाई केही थाहा छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार