संघीयता बलियो भएमात्र सुशासन आउँछ : नेता निधि
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १२:३०:४५
१० भदौ, काठमाडौं । नपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधानको संघीयता बलियो भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने बताएका छन् । उनले संघीयतालाई बलियो बनाउन कतैबाट संकीर्णता देखाउन नहुने बताए ।
आईतबार जनकपुरधाममा महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा नेता निधिले विगतका आन्दोलनमा अभिव्यक्त भएका जनचाहना पूरा गर्न स्थानीय तहलाई मजबुत बनाउन जरुरी रहेको बताए ।
उनले कांग्रेस र मधेश एक अर्काको पूरक भएको भन्दै मधेशमा काँग्रेस बलियो भयो भने मधेश बलियो हुने भएकाले कांग्रेसलाई बलियो बनाउन युवाहरू अगाडि बढ्नुपर्ने बताए । उनले जनकपुरधामको विकासका लागि आवश्यक पर्ने सडक, रेल तथा हवाई सेवाको विकास र विस्तारका लागि आफू निरन्तर लागिरहेको र यसमा सरकार सकारात्मक रहेको बताए ।
स्थानीय विकासका पूर्वाधार निर्माण युवा शक्ति अग्रसर हुनुपर्ने बताउँदै हरेक राजनीतिक मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय विकासको माध्यमबाट मुलुकमा सुशासन र विकासमा सक्दो सहयोग पुरयाउने ढंगबाट काम भइरहेको धारण राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
असोज ३, २०८१ बिहिबार
‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’
असोज १, २०८१ मंगलबार
राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न
भदौ ३०, २०८१ आइतबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार