संसदीय सुनुवाइ विशेष समितिकाे सभापति राप्रपालाई दिन कांग्रेस सहमत
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १२:४८:२२
१० भदौ, काठमाडौं । सत्ता गठबन्धनले संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले बताए ।
समिति सभापति राप्रपालाइ दिन कांग्रेस तयार भएपछि राप्रपाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेकाे छ ।
उक्त समितिमा राप्रपाले सांसद पशुपति शमशेर राणालाई पठाउने तयारी गरेको छ । समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ । उक्त समिति कांग्रेसको भागमा परेको थियो । जसका सभापतिका लागि सहमहामन्त्री जीवन परियारको उम्मेदारी टुंग्याइएको थियो ।
सत्तारुढ र प्रमुख विपक्षी एमालेबीचको भागबण्डामा प्रतिनिधिसभा तर्फका १० मध्ये कांग्रेस ४, एमाले ३, माओवादी केन्द्र २, जसपा, जनमत एकएक सभापति लिने सहमति भएको थियो ।
कांग्रेसकाे लचकतालाइ काेशी प्रदेशमा कांग्रेसकाे नेतृत्वमा राप्रपासहितकाे सरकार बनाउने तयारीकाे रूपमा हेरिएकाे छ । एक मतकाे अभावमा कांग्रेसका उद्वव थापा नेतृत्वकाे वर्तमान काेशी सरकार अप्ठ्याराेमा परिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार