सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १३:१८:७
१० भदौ, सिन्धुपाल्चोक । यहाँ क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ ।
सिन्धुपाल्चोक क्रिकेट सङ्घ तदर्थ समितिको पहलमा प्रशिक्षण दिइनेछ । शनिबार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको हो । अलराउन्डर उनले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नेछन् । जिल्ला क्रिकेट सङ्घले विशेष अभियानस्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षणअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।
नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण लिनेछन् । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दशैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्लास्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुआत मात्र भएको बताए। गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्लाको क्रिकेटलाई माथि उठाउने जिल्ला क्रिकेट सङ्घको कार्यको प्रशंसा गरे ।
जिल्ला क्रिकेट सङ्घका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
सङ्घका अध्यक्ष धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस्ता कार्य गर्दै आएको बताए। पछिल्लो समय सङ्घले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएको छ । जिल्लाको क्रिकेटमा विकास गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तल्लो मूलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ । जिल्लामा खेलका लागि मैदानलगायत संरचनाको भने अभाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार