खानेपानीको पहुँचमा तल्लो क्षेत्र, माथिल्लो बेल्ट अझै काकाकुल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:३:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/pani-khana_z0dEr5hZpJ_cedVx7mzxt.jpg)
१० भदौ, झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए। उनले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए।
नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत रु १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ छ । निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौंले पाएको छ । स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम रु दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताए ।
उहाँका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभान्वित हुनेछन् । मेचीनगर-२ का बासिन्दा वर्षांैदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए ।
वर्षौंदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए। “शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो”, उनले भने, “माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।”
निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे। उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ । उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए । उनले हाल ओभरहेड ट्याङ्की, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार