ओम्नी र गिरिबन्धु टी स्टेट प्रकरणमा सघाउन एमाले तयार छ : सांसद न्यौपाने
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:११:४३
१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले स्वास्थ्य सामाग्री खरिदमा भएको ओम्नी प्रकरण र झापाको गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरणमाथि छानबिनका लागि सरकारलाई सघाउन एमाले तयार रहेको बताएकी छन् ।
आइतबार राष्ट्रियसभाको बैठकको विशेष समयमा दलको तर्फबाट धारणा राख्दै सांसद न्यौपानेले अहिलेका सरकार बस्ने मान्छे र सरकारमा आवद्ध रहेका दलहरु एमालेलाई विभिन्न प्रकरणमा मुछ्न र बदनाम गराउन लागिपरेको आरोप समेत लगाइन् ।
उनले विश्वव्यापी चलेको कोभिड १९ महामारी चलिरहेको समयमा एमाले नेतृत्वको सरकारले ओम्नी लगायन केही निजी कम्पनीलाई कोभिड विरुद्धको खोप र सुरक्षाका सामाग्री ल्याउन दिएको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा एमालेका कुनैपनि नेता कार्यकर्ता संलग्न नरहेको बताइन् । ‘ओम्नी प्रकरणमा छानबिन गरौं एमाले भनिरहेकै छ’ उनले भनिन्, ‘तर सरकार आफ्नो गल्ती र भ्रष्टाचार लुकाउन भ्रष्टाचार काण्ड छानबिनमा एमालेले अवरोध गरिरहेको भनिँदैछ, त्यसमा सत्यता छैन ।’
यस्तै उनले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टा भर्नामा तत्कालीन एमाले नेतृत्वको सरकारको पालामा भएपनि भ्रष्टाचार नभएको दाबी गरिन् । ‘लौ गरौं न त गिरिबन्धु टी स्टेटको जग्गाको विषयमा छानबिन’ उनले प्रश्न गरिन्, ‘के सरकार तयार छ त ?’ सरकार पक्षका सांसदहरुले भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारले भूमि व्यवस्था मन्त्री एमालेकै भएका बेला व्यक्तिलाई बिक्री गर्न गलत तवरले कानून संशोधन गरेर गिरिबन्धुको ३४२ बिगाह जग्गा हिनामिन गरेको बताउँदै छानबिनको माग गर्दै आइरहेको छ ।
यस्तै, निजी क्षेत्रको कम्पनी ओम्नीले कोभिड महामारीकालमा एमाले नेतृत्वको पालामा ‘डारेक्ट’ विधिबाट विदेशमा स्वास्थ्य सामाग्री खरिद गरेर करोडौं भ्रष्टाचार गरेको र त्यसमा एमालेका जिम्मेवारी नेताहरु संलग्न रहेको भन्दै ओम्नीमाथि छानबिन गर्नुपर्ने सरकार पक्ष सांसदहरुले माग गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार