सार्वजनिक लेखामा पोखरेल र महिला तथा सामाजिक सभापतिमा शाहले गराए उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:४२:३०
१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेबाट सांसद ऋषिकेश पोखरेलले संसदको संसदीय समिति सार्वजनिक लेखाको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार बिहान सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसीको प्रस्तावमा पोखरेलले उम्मेदवार दर्ता गराएका हुन् । उनको समर्थनमा एमाले सांसद दामोदर भण्डारी बसेका छन् ।
यसैगरी एमालेबाटै सांसद किरणकुमार शाहले महिला तथा सामाजिक समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक र समर्थनमा एमाले सांसद अस्माकुमारी चौधरी रहेका छन् ।
प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको निर्वाचन भोलि सोमबार हुँदैछ । निर्वाचनका लागि उम्मेदवारहरुले आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार