बेपत्ता आयोग र मेलमिलाप आयोगसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस
अर्को बैठक भदौ १८ गते बस्ने गरी स्थगित
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:५९:४७
१० भदौ, काठमाडौं । राष्ट्रियसभामा बेपत्ता नागरिक खोजबिन तथा छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पेस गरिएको छ ।
राष्ट्रियसभा आइतबार बसेको बैठकमा कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् । सरकारको मन्त्रिपरिषदको गत असार १९ गते बसेको बैठकले दुवै अयोगको म्याद आगामी पुस मसान्तसम्म बढाउने निर्णय गरेको थियो । त्यसनिम्ति मन्त्रिपरिषद्ले आयोगको ऐन २०७१ को केही दफा संशोधन गर्ने निर्णय गरेको थियो ।
ऐनलाई संशोधन गर्न तयार पारिएको विधेयकलाई छलफलका लागि आजको बैठकमा पेस गरिएको हो । साउन २ मा भएको सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले लामो समय बैठक चल्न नदिँदा विधेयकमाथि छलफल राकिएको थियो ।
आगामी बैठकमा विधेयकमाथि छलफल हुनेछ । बैठक यही भदौ १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थगित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार