सरकारको राम्रो काम देखेर केही मान्छे विक्षिप्त भएका छन् : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १५:१३:३४
१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको राम्रो कामबाट केही व्यक्तिहरू विछिप्त भएको बताएका छन् । उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएका एकथरि मानिसहरु सरकार र गठबन्धनविरुद्ध भ्रामक प्रचारमा लागेको बताए ।
माओवादी केन्द्रनिकट बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
राम्रो काम गरिरहेकै कारण बद्नाम गराउन सुशासन र सभ्य समाज देख्न नचाहने तत्वहरु पछिल्लो समयमा सरकार, माओवादी केन्द्र र गठबन्धनविरुद्ध विषवमन गरिरहेको उनको भनाइ छ । ‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू आत्तिकएका छन्, विछिप्त भएका छन् ।
उनीहरूले माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्ड प्रम प्रचण्डले भने, ‘त्यसलाई चिर्न बुद्धिजीवी संगठन अगाडि आउन जरुरी छ ।’ राम्रो कामलाई उल्ट्याएर प्रचार गर्नेहरुलाई सुल्ट्याएर प्रचारमा ल्याएर जवाफ दिन उनले आग्रह गरे ।
सरकार राम्रो काम गर्ने र समाजलाई भ्रष्टाचार र तस्करीमुक्त बनाएर जनतालाइ सुशासन दिने आफ्नो अभियानबाट पछि नहट्ने उनले बताए । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार