कुल आचार्यलाई बर्खास्त गरी छानबिनको टुंगो नलाग्दासम्म महाधिवेशन स्थगित गर्न अध्यक्ष मरासिनीको माग
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १७:३३:४७
१० भदौ, क्यालिफोर्निया । परदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहेका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्यलाई बर्खास्त गर्न माग गरेका छन् ।
आचार्यले नेपाल र बेलायत दुवै देशको नागरिकता र पासपोर्ट लिएर गैरकानुनी कार्य गरेको भनी गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले उपलब्ध प्रमाण र तथ्यसहित मन्त्रालयमा उजुरी दिएको भन्दै अध्यक्ष मरासिनीले परराष्ट्र मन्त्रालयमा इमेलमार्फत पत्र पठाएर अध्यक्ष आचार्यलाई बर्खास्त गर्न माग गरेका हुन् ।
परराष्ट्र र गृहमन्त्रालयमा समेत उजुरी दर्ता भएको अवस्थामा आचार्यलाई पदमा बहाल राखिरहँदा अनुसन्धान प्रक्रियामा समेत बाधा पुग्ने, प्रमाण नष्ट गर्न सक्ने र पदको दुरुपयोग गरी अनुसन्धानलाई समेत प्रभावित पार्न सक्ने भएकाले कुल आचार्यलाई तत्काल बर्खास्त गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन अध्यक्ष मरासिनीले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष मरासिनीले संघको मूल नेतृत्व नै पासपोर्ट काण्ड जस्तो जघन्य कसुरको अनुसन्धानमा हुँदै गर्दा केही समय पछि हुन लागेको महाधिवेशन स्वच्छ, पारदर्शी र विवाद रहित ढंगले हुन नसक्ने भएकाले उक्त मुद्दाको छिनोफानो नहुन्जेलसम्मको लागि महाधिवेशन समेत स्थगित गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमार्फत गृहमन्त्रालय, सीआइबी प्रमुख र गैर आवासीय नेपाली संघको कार्यालय बालुवाटारमा पत्र पठाएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार