भोलि हुने १० संसदीय समितिको सभापति निर्वाचनमध्ये ९ वटामा सर्वसम्मत
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मात्र प्रतिस्पर्धा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १७:४३:५
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटामध्ये ९ वटा संसदीय समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । बाँकी एक उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन भोलिलाई तोकिएको छ । आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको काम भएको यियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीबीच सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ । दुई जनाबीच भोलिसम्म सर्वसम्मत गराउन दलहरु जुटेका छन् ।
एकै जनाको उम्मेदवारी परेका अन्य समितिहरुमा सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, महिला बालबालिका तथा सामाजिक समितिमा किरण साह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा, राज्य व्यवस्था तथा सुशासन समिति रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसेको मात्र उम्मेदवारी परेको छ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदी, पूर्वाधार विकास समितिमा दीपकबहादुर सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशीको मात्र उम्मेदवारी परेको छ ।
समितिहरुको नेतृत्वमा दलीय भागबण्डाको रिङबाट बाहिर परेका संसदको चौथो शक्ति रास्वपा जनमतसँग भने प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेको हो । जसलाइ सत्ता बार्गेनिङकाे रूपमा हेरिएकाे छ । बिहानसम्म रिङ बाहिर रहेकाे राप्रपा माओवादी केन्द्रकाे भाग परेकाे पूर्वाधार विकास समितिकाे सभापति लिएर सरकारमा जाने बाटाे लिएकाे अननुमान धेरैले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार