नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १८:१५:५४
१० भदौ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान भर्ने भएको छ । नेवानिले यही १२ भदौ काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने जनाएको छ ।
भैरहवाबाट हप्ता एक चोटी मंगलबार काठमाडौं ट्रान्जिट बनाएर हङकङ उडानबाट सुरु गर्ने जनाइएको छ । सोही उडानबाट भैरहवाका यात्रु काठमाडौं ओर्लिएर नयाँ दिल्ली जान सकिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
उडान भैरहवाबाट बिहान ८ः१५ मा उडेर ९ बजे काठमाडौंमा अवतरण गर्ने र तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ उडानमा चढ्ने व्यवस्था गरिएको छ ।
यात्रुहरुले निगमको टिकट निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी किन्न सकिने जनाइएको छ । निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार