‘एमसीसी सम्झौता कार्यान्वयन नरोकिए नेपाल अमेरिकी सेनाको क्रिडास्थल बन्छ' : विप्लव
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १८:५५:१९
१० भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज देशभर एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंमा नेकपा उपत्यका ब्यूरो र जवस मोर्चाद्वारा आज आयोजित विरोध कार्यक्रममा पार्टीकी स्थायी समिति सदस्य उमा भुजेलले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको र यसलाई स्वाधीन नेपाली कुनै हालतमा स्वीकार्न नसकिने बताइन् ।
नेकपाका कार्यकर्ताहरूले एमसीसी सम्झौता कार्यान्वयन कार्यालय घेराउ गरेका थिए । नेतृ भुजेलले अमेरिकाले नेपाललाई राजनीति र फौजी क्रिडास्थल बनाउने उद्देश्यले विकासका सानातिना कार्यक्रम जबर्जस्ती लागु गर्न खोजेको बताइन् । प्रदर्शनकारीहरूले ‘गाे ब्याक अमेरिका’ लगाएका छन् ।
नेकपाले भोलि काठमाडौंमा सम्झौता कार्यान्वयन रोक्ने सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ । पर्सि नुवाकोटमा गर्दैछ । नेकपा पहिलो चरणको कार्यसहित यही भदौ ५ गतेदेखि संघर्षमा रहेको छ । सम्झौता कुनै पनि हालत कार्यान्वयन हुन नदिने र सरकारले गरेको व्याख्यात्मक टिप्पणी सम्बोधन हुनुपर्ने बताउँदै आएको छ ।
टिप्पणीमा नेपालको हित हुने गरेर मात्र सम्झौता लागू गर्ने उल्लेख छ । तर एमसीसीको नेपाल कार्यालयले यही भदौ १३ गतेदेखि सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा जाने बताइसकेको छ । सोही क्रममा एमसीसीका जिम्मेवार अधिकारीहरू चाँडै काठमाडौंमा आउने भएका छन् । एमसीसी अमेरिकाको विदेशमन्त्रीको नेतृत्वमा स्थापित संस्था हो । जुन उसको सैन्य संरचना इन्डो प्यासिफिकको अंग हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार