यस्ता छन, ललिता निवास जग्गासम्बन्धी २०२१ सालदेखि ०६७ सालसम्मका सरकारले गरेका निर्णय
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार ११:१०:१३
११ भदौ, काठमाडौं । ललितानवास जग्गा प्रकरणको फाइल यति बेला काठमाडौं जिल्ला अदालतमा पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समय अनुसन्धान गरी २८६ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । सीआइबीले प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले फेरी केही प्रतिवादीहरु थपेको छ । ललितानिवास जग्गा विवाद लामो विवाद हो । सम्बन्धमा २०२१ सालदेखिका सरकारहरुले विभिन्न निर्णयहरु गर्दै आएका छन् । तत्कालिन समयदेखि अहिलेसम्म भएका निर्णय समरजंग कम्पनीका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तका बयानको आधारमा प्रतिवेदन बनाइएको हो । यस्तो छ उनको बयान:
तत्कालीन श्री ५ को सरकारले मिति २०२१/०८/ १५ गते निर्णय गरी जग्गा प्राप्ति ऐन २०१८ बमोजिम ललिता निवास क्याम्प भित्र रहेको सम्पुर्ण '२९९ रोपनी ९ आना ३ पैसा' जग्गा मध्ये सुवर्ण शम्सेर जवरा र कान्चन शम्सेर जबराको भागको १४ रोपनी ११ आना बाहेक बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा समेतको घर लगायत सम्पुर्ण संरचना सार्वजनिक कामको निमित्त आवश्यक भएकोले राज्यबाट उचित क्षतिपूर्ति दिई अधिग्रहण गरेको,अधिग्रहण गरिएको जग्गा समरजंग कम्पनीको संरक्षणमा राखिएकोमा उक्त जग्गा कमाउने जोताहा किसानहरू ५७ जनाको निवेदन अनुसार राज्यलाई थप आवश्यकता नपरेसम्मको लागी मोहियानी हक कायम नहुने गरी कमाउन दिने र समरजंग कम्पनीले अन्य जग्गाहरु सरह उक्त जग्गाको कुत बुझ्नु भनी भूमि सुधार मन्त्रालयबाट पत्राचार गरी बागमती अञ्चलाधिशको कार्यालयबाट मिति २०२३/०६/२३ गते समरजंग कम्पनीको कार्यालयलाई पत्रादेश भएको देखिन्छ ।
गुठी लगत तथा तहविल कार्यालयले मिति २०४२/०१/१८ गतेको पत्रबाट ६४ पञ्चायतको जग्गा जनाई पठाइदिन भनि मालपोत कार्यालयलाई पत्राचार भए पश्चात साविकमा जग्गाधनी दर्ता श्रेष्ताको जग्गाधनी महलमा श्री ५ को सरकार जनिएका जग्गाहरु गुठी संस्थान गुठी लगत तथा तहविल कार्यालयको पत्रादेशले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख धर्म प्रसाद गौतमले मिति २०४२र०३र१६ गते ललिता निवास क्याम्प भित्रका जग्गा धनी दर्ता श्रेष्तामा जग्गाधनी महलमा लेखीएको श्री ५ पछिको भाग च्यातेर वा च्यातिएकोमा उक्त ७ कित्ता ९साविक २३ क्ष को कि।नं।६७, ६९, ७०, ७१, ८१, ८२ र ८३ ० जग्गाहरु श्री ५ गुठीका नाउँमा श्रेष्तामा जनाएको, त्यस्तै जग्गा धनी महलमा श्री ५ को सरकार पछिको भाग च्यातेर वा च्यातिएकोमा २७ कित्ता ९साविक वडा नं। २३ क्ष को कित्ता नं। ९, १०, ११, १२, १३, १४, १५, १६, २५, २६, २७, २९, ३०, ३१, ३२, ४१, ४२, ४५, ४६, ४७, ४९, ५०, ५२, ६३, ६४, ६५ र ६६० जग्गाहरु श्री ५ सरकार गुठीको नाउँमा श्रेष्तामा जनाई फरक व्यहोरा पारी किर्ते गरेको समेत देखिन्छ ।
वि।सं। २०४७ सालमा तत्कालीन सरकारले प्रजातन्त्र पुर्नस्थापनाका लागी भएका संघर्षहरुमा संलग्न भएको कारणबाट विभिन्न व्यक्तिहरुको हरण तथा जफत भएको सम्पत्ति गृह मन्त्रालयले छानविन गरि एकिन भएपछि हदबन्दिको टुङ्गो लगाएर फिर्ता दिने निर्णय गरेकोमा मन्त्री परिषद्को मिति २०४७र०२र१४, २०४७र०४र०८ र २०४७र०५र०३ गतेको निर्णयको अपव्याख्या, दुरुपयोग र विपरित समेत गरि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरु प्रमुख मालपोत अधिकृत कलाधर देउजा समेतका कर्मचारीले आफ्नो पदिय जिम्मेवारीको दुरुपयोग गरेर बदनियत पुर्वक कानून विपरित सुनिती राणा समेतका नाममा ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा मिति २०४९र०७र२५ गते मि।नं। १०२४ बाट साविक नगर २३ क्ष को २६ कित्ता ९३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ५४, ५५, ५६, ५७, ५८, ६०, ६१, ६२, ७२, ७४, ७५, ८०, ४३, ४४, ५१, ५३, ५९, ७९० को क्षेत्रफल २६(६(१(० रोपनी, मिति २०४९र०७र२५ गते मि।नं। १०२५ बाट साविक नगर २३ ह का २१ कित्ता ९ ३३, ३८, ३९, २८, २९, ३०, ३२, ३४, ३६, १७, २०, १८, १९, २१, २३, ८, १३, १४, १६, २७, ११० र २३ क्ष का ६ कित्ता ९ १८, २०, २१, २२,२३, २४० गरी जम्मा २७ कित्ताको क्षेत्रफल ४९(०(३(० रोपनी,मिति २०४९र०९र२३ गते मि।नं। १०२४ बाट साविक नगर २३ क्ष को १९ कित्ता ९ ३०, ३१, ३२, ४१, ४५, ४६, ४७, ४९, ५०, ५२, ६४, ६५, ६६, ६७, ७०, ७१, ८१, ८२, ८३० को जम्मा क्षेत्रफल २८(१५(१(० रोपनी र २०४९र०९र२३ मि।नं। १०२५ बाट साविक नगर २३ क्ष को ४ कित्ता ९२५, २६, २७ र २९० जग्गाको जम्मा क्षेत्रफल ७(१४(०(० रोपनी समेत गरि जम्मा ११२(४(१(० रोपनी दर्ता गरि दिएको देखिन्छ ।
उक्त जग्गा जग्गाधनी दर्ता श्रेष्तामा पहिले नै किर्ते भई बसेको ३४ कित्ता जग्गा मध्ये गुठीको श्रेष्ता खारेज गरी कानून विपरीत रैकरमा परिणत गरि मालपोत विभागका तत्कालीन प्रमुख मुकुन्द प्रसाद आचार्यको पत्रादेशमा मालपोत कार्यालय डिल्लीबजारले निर्णय गरी जग्गा दर्ता कायम गरिदिएको र सो पश्चात निजहरुले गरेको कानून विपरितको कामको प्रमाण लोप गर्ने क्रममा व्यक्तिको नाममा जग्गा दर्ता गर्न निर्णय भएको मि।नं। १०२४ र १०२५ को फायल खरिदार गोपाल कार्की समेतको मिलेमतोमा गायब गरिदिएको देखिन्छ । सो पश्चात किर्तेबाट दर्ता भएको सो जग्गा मध्येबाट मिति २०४९र१०र१८, मिति २०५०र०२र२६, मिति २०५१र१०र०४ गते साविक २३ ह को कित्ता नं। १३, १७, ११, २१, २७, २८, १९, ३४ र ३६ साथै २३ क्ष को कित्ता नं। २०, २६, २२, ८३, ९२ र ७० को जम्मा क्षेत्रफल १६(१०(०(० रोपनी जग्गा तत्काल मालपोत कार्यालय डिल्लीबजार, भूमी सुधार कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरु कलाधर देउजा समेतका कर्मचारीले आफ्नो परिवार र नातेदार इन्द्रबहादुर थापा समेतका ११ जनाका नाममा हालैदेखिको वकसबाट जग्गा प्राप्त गरेको ।
साथै बिचौलिया राम कल्याण अधिकारी र रामनाथ घिमिरेले ६ रोपनी जग्गा समेत हालै देखिको वकस पत्रबाट प्राप्त गरी कुल २२(१०(०(० रोपनी जग्गा घुस वापत लिएको, सुनिती राणा समेतको नाममा ११२(४(१(० रोपनी जग्गा फिर्ता आईसके पश्चात भूमि सुधार कार्यालय काठमाण्डौका तत्कालीन भूमि सुधार अधिकृत उमानाथ प्रसाद ज्ञवालीले मिति २०५५र०१र०६ गते जग्गा कमाउने किसान मात्र भएको ललिता निवास क्याम्प भित्रको जग्गामा तत्कालिन लेखापढी व्यवसायी राम कुमार सुवेदी समेतको मिलेमतोमा हर्क नारायण डंगोल समेतका ४१ जनालाई मोही कायम गराई सुनिती राणा समेतका नाममा दर्ता भएको जग्गा मध्ये आधा जग्गाको हक हस्तान्तरण गर्ने निर्णय समेत गरेको र सोहि निर्णयका कारण समरजंग कम्पनीको नामको अन्य जग्गामा समेत मोहीको हक स्थापित हुन गएको देखिन्छ ।
यसरी तत्कालीन सरकारले मिति २०२१र०८र१५ गते प्रचलित कानून बमोजिम अधिग्रहण गरेको सरकारी जग्गामा कोहि कसैको हकदैंया नरहने कानूनी प्रावधान हुँदाहुँदै उक्त जग्गाको फिल्डबुक तथा श्रेष्तामा कमाउने किसानको नाम मोही महलमा उल्लेख गरेको मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख धर्म प्रसाद गौतम तथा साविक नापीमा खटिई फिल्डबुक श्रेष्ता तयार गर्ने कर्मचारी समेतले ललिता निवास क्याम्प भित्रको ३४ कित्ता जग्गामा व्यहोरा फरक पारी किर्ते गरी गुठी कायम गरेको र किर्ते भैरहेको गुठीको श्रेष्ता खारेज गरी कानून विपरीत रैकरमा परिणत गर्ने गरी पत्रादेश गर्ने मालपोत विभागका तत्कालीन प्रमुख मुकुन्द प्रसाद आचार्य तथा यसरी किर्ते भैसकेको जग्गा हालै देखिको वकसपत्र बाट प्राप्त गर्ने जग्गा धनीहरु समेतले किर्ते तथा ठगी गरि सरकारी जग्गा हिनामिना हानी नोक्सानी गरेको हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको छानविन प्रतिबेदन समेतको आधारमा थप अनुसन्धान समेत गरि जग्गा प्राप्त गर्ने सुनिती राणा समेतमा व्यक्तिहरु, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख कलाधर देउजा समेतका कर्मचारीहरु,परिवार तथा आफन्तको नाममा हालैदेखिको वकसपत्र प्राप्त गर्ने तत्कालीन समयमा विभिन्न सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीहरु,
जग्गा प्राप्त गर्ने उर्मिला शाह समेतका व्यक्तिहरु, जग्गा प्राप्त गर्ने हर्क नारायण डंगोल समेतका मोही भनिएका व्यक्तिहरु, मोहीको वारेश बसी संलग्न कर्मचारीहरुसंगको मिलेमतोमा काम गरि सोहि जग्गा खरिद गर्ने राम कुमार सुबेदी समेत विरुद्द खण्डमा उल्लेखित प्रतिवादीहरुले योजना प्रपञ्च गरी संगठित रुपमा आफ्नो हक नपुग्ने अर्काको हकको चल(अचल धनमाल हक पुग्नेलाई वा जस्का जिम्मामा रहेको छ, उसलाई ललाई फकाई प्रलोभनमा पारी आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने फरक व्यहोराको कागज समेत बनाई पेश गरी झुक्याई झुट्ठो कुरालाई सद्धे हो भनी धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल(अचल धनमाल आफ्नो हो भनी किर्ते लिखत बनाई बिक्रि वितरण गरेको हुँदा निज प्रतिवादीहरु तथा सो कार्यमा संलग्न निज प्रतिवादीहरुको वयान पोलबाट खुल्ने तथा अनुसन्धानबाट पत्ता लाग्न आउने अन्य व्यक्तिहरु समेतका व्यक्तिहरुलाई कानून बमोजिम कारबाही गरी पाऊ भन्ने व्यहोराको मुकुन्द प्रसाद पन्तको जाहेरी दरखास्त
छुट जग्गा २०६२०स्( तत्कालीन श्री ५ को सरकारले मिति २०२१।०८।१५ गते निर्णय गरी जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम ललिता निवास क्याम्प समेतको जग्गा ९२९९ रोपनी ९ आना ३ पैसा० मध्ये सुवर्ण शमशेर र कञ्चन शमशेरको भाग १४ रोपनी ११ आना बाहेक बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा समेतको घर लगायत सम्पूर्ण संरचना सार्वजनिक कामको निमित्त आवश्यक भएकोले ऐ। ऐन बमोजिम राज्यबाट उचित क्षतिपूर्ती दिई अधिग्रहण गरेको ।
प्रचलित कानून बमोजिम मुआब्जा दिई ललिता निवास क्याम्पको जग्गा तत्कालीन सरकारले अधिग्रहण गरेपश्चात सुवर्ण शमशेरको छोरा शाही नेपाली सेनामा कार्यरत कनक शमशेरले आफ्नो क्याम्पमा रहेको गोठ, तबेला सहित आठ रोपनी जग्गामा बसोबास गर्न पाउँ भनी तत्कालीन श्री ५ मा निवेदन गरे पश्चात श्री ५ को सरकारको मिति २०२२।०४।१० गतेको निर्णय भई मालपोत कार्यालय, काठमाण्डौबाट साविक काठमाण्डौ नगर पंचायत वडा नं। २३ ‘स’ कि।नं। १६ को जग्गा कित्ता काट भई कि।नं। २५ र २६ बनेकोमा कि।नं। २५ को क्षेत्रफल ८ रोपनी जग्गा मिति २०३६।०७।२३ मा कनक शमशेरले प्राप्त गरेको ।
कनक शमशेरले साविक २३ स को कित्ता नं। २५ को जग्गा आफ्नो नाममा दर्ता गराउने क्रममा कित्ता नम्वर २६ को क्षेत्रफल ०(१२(२(० रोपनी जग्गा आफूले भोगिरहेको कम्पाउण्ड भित्र भएतापनि ८ रोपनी भन्दा बढी भएको उक्त ०(१२(२(० रोपनी जग्गा आफ्नो नभई श्री ५ को सरकारको जग्गा हो भनी कनक शमशेर स्वयंले मिति २०३५।१२।२१ गते मालपोत कार्यालय, डिल्लीबजारमा निवेदन दिई आफ्नो हक छाडि सकेको जग्गा स्वतस् श्री ५ को सरकारको नाममा दर्ता हुनुपर्नेमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरुले सो नगरी जग्गा धनी दर्ता श्रेष्तामा “कि।नं। २६ को ह(१२(२ रोपनी बाँकी” उल्लेख गरी फरक व्यहोरा पारेको र नापीको कर्मचारीले फिल्डमा समेत नछुट्याई जग्गा कनक समसेरको घर(कम्पाउण्डभित्र पारी भोग़चलन गरीरहेको ।
तत्कालीन सरकारले अधिग्रहण गरेको ललिता निवास क्याम्प भित्रको साविक वडा नम्वर २३ “स” को कित्ता नम्वर १६ कित्ताकाट भई कायम भएको कि।नं। २६ को क्षेत्रफल १२ आना २ पैसा मेरो छुट जग्गा भनी कनक शमशेरको श्रीमती सुनीति राणाले मिति २०५८।०२।०८ गते “का।जि। साविक नगर वडा नं। २३ स हाल का।म।न।पा। वडा नम्वर ४ को कि।नं। २६ को १२ आना २ पैसा जग्गा नयाँ नापी हुँदाका बखत मेरो नाममा नापजाँच भएको उक्त जग्गा हाल का।जि। का।म।न।पा। वडा नं। ४ सिट नं। १०२,१०२५,१५ को कि।नं।१११ र सिट नं। १०२(१०२५(२० को कि।नं। ४८ कायम भएको हुँदा उक्त जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ” भनी नापी गोश्वारा, महाराजगंजमा निवेदन दिएको ।
मालपोत कार्यालय डिल्लीबजारको पत्र संख्या ०६१/०६२ को जवाफ दिँदा कार्यालयमा रहेका फिल्डबुक लगायतका अभिलेख विवरणहरु फरक पारी नापी शाखा काठमाण्डौंले उक्त जग्गाको जग्गाधनी सुनीति राणा भनि खुलाई च।नं। ८२८९ मिति २०६२/१/२८ को पत्रबाट मालपोत कार्यालय डिल्लीबजारलाई फरक व्यहोरा लेखी पठाएको र छुट जग्गा दर्ता समितिले खडा गरेको निर्णय पर्चामा समेत साविक नगर २३ स को कि।नं। २६ को क्षेत्रफल ०(१२(२(० जग्गा मोही कनक शमशेर र जग्गाधनी सुनीति राणा भनी उल्लेख गरेको ।
काठमाडौ महानगरपालिका वडा नम्वर ४ को तत्कालीन वडा सचिव शिवजी भट्टराईले समेत तत्काल प्रचलित कानून अनुसार राज्यले क्षतिपूर्ती दिई अधिग्रहण गरेको श्री ५ को सरकारको जग्गालाई निजले अतिक्रमण गरी जोत कमोदगरेकै आधारमा निज सुनीति राणाकै जग्गा भएकोले निजको नाममा दर्ता नामसारी गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलव्ध गराई दिनुहुन सिफारिस गर्दछु भनी मालपोत कार्यालय, काठमाण्डौलाई झुठो व्यहोराको सिफारिस गरी सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्याकउने कार्यमा सहयोग गरेको ।
उक्त जग्गा निवेदककै पैतृक जग्गा हो, निवेदकको माग बमोजिम निजकै नाममा दर्ता गरीदिए फरक पर्ने छैन र यो सरकारी तथा सार्बजनिक र व्यक्ति विशेषको जग्गा समेत होईन भन्ने व्यहोराको मिति २०६२।०१।११ गतेको सर्जमिन मुचुल्का तयार भई पेश भएकोमा सो सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने का।म।नं।पा। ४ बस्ने रामकृष्ण ठकुरी समेतका ७ जना व्यक्तिहरुले झुठा व्यहोरा लेखाइ दिएको । मालपोत कार्यालय काठमाण्डौको मिति २०६०।०५।३१ गतेको पत्र बमोजिम गोरखापत्रमा मिति २०६०।०६।०३ गतेको हकदावी सम्बन्धी पैतिस दिने सार्वजनिक सूचना प्रकाशित भएकोमा ललिता निवास क्याम्प भित्रको सरकारी जग्गाको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी भएको समरजंग कम्पनीको तर्फबाट तत्कालीन कार्यालय प्रमुख अर्जुन प्रसाद भण्डारी दावी गर्न नगएको ।
मिति २०६०र४र२३ गतेको रुक्म शमशेर समेतले गरीदिएको मञ्जुरनामा कागजमा साविक २३ स को कि।नं। २६ को ०(१२(२(० रोपनी जग्गाको जग्गा धनी प्रमाण पूर्जा लिन बाँकी रहेको, जग्गा धनी प्रमाणपूर्जा दिएमा हाम्रो मञ्जुरी छ भन्ने व्यहोरा उल्लेख भएको तर निज रुक्म शमशेरले केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिन प्रतिवेदनमा उल्लेखित छानबिन समिति समक्ष गरीदिएको कागजमा “।।।उल्लेखित कागज बत्तिसपुतली स्थित मेरी माहिली भाउजु शैलजा राणाको घरमा गरीएको हो । मेरी जेठी भाउजु सुनीति राणाले आफु बसोबास गरी राखेको का।जि।का।म।पा। ४ बालुवाटार स्थित निवास कम्पाउण्डको जग्गा मिलाउनु पर्योा, छुट जग्गा दर्ताका लागि तपाईंहरुको पनि मन्जुरीनामा चाहियो, लेखि दिनुहोस भनी अनुरोध गर्नु भएकोले म समेतले सो अवस्थामा उक्त जग्गामा हाम्रो कुनै पनि किसिमको हक दावी छैन भनी मन्जुरीनामा दिएका हौं । उक्त जग्गा दर्ता सम्बन्धमा भएको काम कारवाही कानून सम्मत वा कानून विपरित के हो मलाई थाहा भएन” भन्ने व्यहोरा खुलाई लेखाई दिएबाट सो मञ्जुरीनामा कागज समेत फरक व्यहोराको रहेको ।
हेमाद्री शमशेरले मालपोत कार्यालय, डिल्लीबजारमा मिति २०६२/१/११ मा दिएको हकदावी छाडी दिएको निवेदनमा दर्ता हुन छुट भएको वडा नं। २३ स को कि।नं। २६ को क्षेत्रफल ०(१२(२(० रोपनी जग्गा मेरो आमा सुनीति राणाको नाममा एकलौटी ना।सा। दर्ता भएमा मेरो मञ्जुरी छ भनी निवेदन दिएको तर छानबिनको क्रममा मालपोत कार्यालय, डिल्लीबजारबाट प्राप्त भएको टिप्पणी र आदेश कागजमा “।।।मिति ०३५।१२।२१ मा का।नं।प। वडा २३ ‘स’ कि।नं। १६ को क्षेत्रफल ८(१२(२ मध्ये ०(१२(२ कट्टा गरी पुर्जा पाउँ भन्ने माग र माग अनुसार रोपनी ८-०-० कनक शमशेर ज।ब।रा।को नाउँमा बाँकी ०(१२(२ श्री ५ को सरकारले प्राप्त गर्ने गरी साविक कि।नं। १६ बाट कित्ता फोड भैकि।नं। २५, कनक शमशेर, कि।नं। २६ श्री ५ को सरकार कायम गरी दिनुपर्ने उल्लेख भएको र सो टिप्पणी र आदेशको प्रतिलिपि मिति २०५७र३र२१ गते निज हेमाद्री शमशेरले नै बुझेर लगेको देखिए बाट साविक २३ स को कि।नं। २६ को क्षेत्रफल श्री ५ को सरकारको भई श्री ५ को सरकारको नाममा दर्ता हुनु पर्ने स्पष्ट देखिएको र सो तथ्य निज हेमाद्री शमशेरलाई जानकारी रहेको, साथै उक्त व्यहोरा उल्लेख भएको टिप्पणी र आदेश भएको फाईल मालपोत कार्यालय काठमाण्डौंमा पत्राचार गरी माग गर्दा फाईल फेला नपरेको भन्ने जवाफ प्राप्त हुन आएकोले जग्गा दर्ता गर्ने समयका कर्मचारीहरु र उक्त फाईलको प्रमाणित प्रतिलिपी माग गरी लिई जाने हेमाद्रि शमशेर समेतले उक्त फाईल नष्ट गरेको ।
२०६२र१र११ को मा। पो। का। डिल्लीबजारको नापी शाखालाई विवरण खुलाई पठाईदिने भनि लेखेको पत्र साथ संलग्न रहेको जग्गाको मोठ विवरण ९१२५ ठेलीको ११८ पाना० मा जग्गाधनीको नाम थरको महलमा नाम खाली र मोहीको नाम थरको महलमा मोही कनक शमशेर ज।ब।रा। उल्लेख भएकोमा, मिति २०६२र१र२८ च। नं। ८२८९ को नापी शाखा काठमाण्डौँको पत्रमा उल्लेखित विवरणमा साविक २३स कि नं। २६ को जग्गा धनिको महलमा सुनीति राणा र हालको सिट नं। १०२५(१५ को कि नं। १११ क्षेत्रफल ३९२।९९ सिट नं। १०२५(२० को कि नं। ४८ क्षेत्रफल १४।८६ र जग्गाधनीको महलमा बाँकी उल्लेख भएको । साविकको फिल्डबुकको जग्गाधनीको महलमा समेत केही नलेखी खाली रहेको । यसरी २०३६।०७।२३ मै मालपोत कार्यालयको जग्गाधनी श्रेष्ताको जग्गाधनी महलमा फरक व्यहोरा पारी कीर्ते व्यहोरा भएको श्रेष्ताका अतिरिक्त २०६२।१।२८ को नापी शाखाको पत्रमा अर्को फरक व्यहोरा पारी जग्गाधनीको महलमा सुनीति राणा उल्लेख गरी थप कीर्ते भएको देखिन्छ । फलतस् यिनै कागजातको आधारबाट सरकारी जग्गा सुनीति राणाको नाममा दर्ता भई उक्त जग्गा सम्बन्धमा सरकारको हक मरेको ।
यसरी मालपोत कार्यालय, डिल्लीबजारमा तत्कालीन समयमा कार्यरत कर्मचारीहरुले २०२१ सालमै अधिग्रहण भई आएको श्री ५ को सरकारको ललिता निवासको जग्गा सुनीति राणाको हक नपुग्ने नेपाल सरकारको नाममा स्वतस् दर्ता हुनु पर्ने उल्लेखित कि।नं। को जग्गा हकभोगको नाममा स्थानीय निकायको फरक व्यहोराको झुठो सिफारिस, व्यहोरा फरक भएको कीर्ते सर्जमिन मुचुल्का लगायत तयार पारी गैह्रकानूनी रुपमा कर्मचारी समेतको मिलेमतो र बदनियतमा मिति २०६२।०२।०३ गतेको मालपोत कार्यालय, डिल्लीबजारको प्र।मा।अ। टिकाराम घिमिरेको निर्णयबाट निज कनक शमशेरको हकदार पत्नी सुनीति राणाको नाममा उक्त दर्ता भएकोमा आफ्नै कार्यालयमा भएको उक्त जग्गाको साविक श्रेस्ता तथा श्रोतको बिषयमा यथार्थ जानकारी हुँदाहुँदै सो विपरीत आधार प्रकृयाको आड हाली तत्कालिन श्री ५ को सरकारको नाममा दर्ता हुनुपर्ने उक्त कि।नं। २६ को ०(१२(२(० रोपनी सरकारी जग्गा सुनीति राणाको नाममा दर्ता गरी सरकारी सम्पत्ति हिनामिना तथा हानि नोक्सानी गरेको देखिएको हुँदा २०३६ सालमा जग्गा धनी दर्ता श्रेष्तामा “कि।नं। २६ को ह(१२(२ रोपनी बाँकी” उल्लेख गर्ने मालपोत कार्यालय, डिल्लीबजारको कर्मचारी, फिल्डमा छुट्याउने जिम्मेवारी भएको नापी कार्यालयको कर्मचारीहरु, २०६२।०२।०३ को निर्णय मिसिलमा संलग्न प्र।मा।अ। टिकाराम घिमिरे समेत संलग्न अन्य ५ जना कर्मचारीहरु, जग्गा प्राप्त गर्ने सुनीति राणा र निजलाई जग्गा दिन मञ्जुरीनामा दिने अन्य व्यक्तिहरु, सिफारिस दिने वडा सचिव शिवजी भट्टराई, सर्जमिन मुचुल्कामा संलग्न वडा सचिव कृष्णराज विष्ट समेत अन्य व्यक्तिहरु,
समरजंग कम्पनीका प्रमुख अर्जुन प्रसाद भण्डारी लगायत केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको छानबिन प्रतिवेदन समेतको आधारमा थप अनुसन्धान समेत गरी प्रकरण नं। ३ मा उल्लेखित हेमाद्री शमसेर ज।ब।राणा समेत प्रतिवादीहरुले योजना, प्रपञ्च गरी संगठितरुपमा आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई फकाई जाल परिपञ्च गरी आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई पेश गरी झुक्याई झुठ्ठो कुरालाई सद्दे हो भनी धोका दिई आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल आफ्नो हो भनी लिखत गरी बिक्री ब्यबहार गरी ठगी गरेको हुँदा निज प्रतिवादीहरु तथा सो कार्यमा संलग्न निज प्रतिवादीहरुको बयान पोलबाट खुल्ने तथा अनुसन्धानबाट पत्ता लाग्न आउने अन्य ब्यक्तिहरु समेतले साविकको मुलुकी ऐन, २०२० ठगीको महलको १ नं। मा परिभाषित कसूर अपराध गरेकोले सोही ऐनको ४ नं बमोजिम सजायँ गर्न तथा प्रस्तुत कसूरले हालको कानूनी व्यबस्थामा समेत निरन्तरता पाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ र २५१ बमोजिम ठगी सम्बन्धी कसूर अपराध भई सोही संहिताको दफा २४९ र दफा २५१ बमोजिम र साविकको मुलुकी ऐन, कीर्ते कागजको महलको १, ७, ९, १२ नं। र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद (२५ ,लिखत सम्बन्धी कसूरको दफा २७६ बमोजिम तथा अन्य प्रचलित कानून बमोजिम समेत कारबाही गरी बिगो बमोजिमको क्षतिपुर्ति समेत दिलाई भराई पाउँ साथै उक्त जग्गा हाल को(कसको नाममा छ अनुसन्धानबाट खुलाई निजहरुलाई समेत कानून बमोजिम गरी पाउँ भन्ने ब्यहोराको समरजंग कम्पनिका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी दरखास्त ।
सट्टापट्टा २०६७ साल०स्( तत्कालीन श्री ५ को सरकारले मिति २०२१।०८। १५ गते निर्णय गरी जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम ललिता निवास क्याम्प समेतको जग्गा ९२९९ रोपनी ९ आना ३ पैसा० मध्ये सुवर्ण शमशेर र काञ्चन शमशेरकोभाग १४ रोपनी ११ आना बाहेक बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा समेतको घर लगायत सम्पूर्ण संरचना सार्वजनिक कामको निमित्त आवश्यक भएकोले ऐ। ऐन बमोजिम राज्यबाट उचित क्षतिपूर्ती दिई अधिग्रहण गरेको, अधिग्रहण गरीएको जग्गा समरजंग कम्पनीको संरक्षणमा राखिएकोमा उक्त जग्गा कमाउने जोताहा किसानहरु ५७ जनाको निवेदन अनुसार राज्यलाई थप आवश्यकता नपरे सम्मको लागि मोहीयानी हक कायम नहुने गरी कमाउन दिने र समरजंग कम्पनीले अन्य जग्गाहरु सरह उक्त जग्गाको कुत बुझ्नु भनीभूमि सुधार मन्त्रालयबाट लेखि आएको पत्रलाई उल्लेख गरी बागमती अञ्चलाधीशको कार्यालयबाट मिति २०२३।०६।२३ गते समरजंग कम्पनीलाई पत्रादेश भएको,
यसरी ललिता निवास क्याम्प भित्रको जग्गाहरु तत्कालीन सरकारले प्रचलित कानून बमोजिम अधिग्रहण गरेको सो जग्गा सरकारलाई आवश्यक नपरेसम्म मोहीयानी हक कायम नहुने गरी कमाउन दिएकोले सो जग्गा कमाउने व्यक्तिहरु मोहीयानी हक प्राप्त नहुने जोताहा किसान मात्र भएको, जग्गा प्राप्ति ऐन, २०१८ को दफा १६ बमोजिम मुआब्जा दिई अधिग्रहण गरेको जग्गामा कसैको कुनै कुराको हकदैया कायम नरही जग्गा श्री ५ को सरकारको हुनेछ भन्ने कानूनी व्यवस्था भएको, जग्गा प्राप्ती ऐन, २०३४ को दफा २३ को उपदफा २ र ३ बमोजिम “जग्गाको स्वामित्व सरेको मितिदेखी नै उक्त जग्गाको लगत कट्टा भएको मानिनेछ” भन्ने व्यवस्था भएको, जग्गा प्राप्ती ऐन २०३४ को दफा ३१ “जग्गा कमाएको नाताले ‘। मोहीयानी हक प्राप्त हुनेछैन” बमोजिम पनि २०२३ साल देखि जग्गा कमाउने कसैको पनि उक्त जग्गामा मोहीयानी हक कायम नहुने र लगत श्रेस्तामा देखिएका मोही २०२३र६र२३ मा जग्गा कमाउन निबेदन दिने तिनै किसानको भएको साविक नापीको फिल्डबुकबाट देखिएको हुँदा मोहीयानी नहुने तथा पहिलो नापी बाट तयार भएको नापीकोफिल्डबुकमा “यो जग्गा अञ्चल आदेश मार्फत श्री ५ को सरकारलाई अधियाँमा कुत बुझाई कमाई आएको” भनी उल्लेख गरेको पाईएकोले सो जग्गामा उल्लेखित व्यक्तिहरु मोही नभई जोताहा किसान मात्र भएको,
ललिता निवास क्याम्पभित्रको उक्त जग्गामा मोही कोही नभएता पनि भूमिसुधार कार्यालय, काठमाण्डौमा सर्बोच्च अदालतको मिति २०६४र११र३० को फैसला मुताविक मोही कायम गरी पाउँ भनी नक्कली मोहीहरु श्री कृष्ण महर्जन समेतले मिति २०६६।०९।१३ गते निवेदन दिएको, सम्मानित सर्बोच्च अदालतको उक्त फैसलामा कोहि कसैलाई मोही कायम नगरेको भएता पनि निबेदनमा “सर्बोच्च अदालतको मिति २०६४र११र३० को फैसला मुताविक मोही कायम गरी पाउँ” भन्ने झूठो तथा कीर्ते व्यहोरा उल्लेख गरेको,
विशिष्ट व्यक्तिहरूको निवास परिसर विस्तार सम्बन्धमा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट आर्थिक वर्ष २०६५र०६६ मा गुरु योजना तयार भई नेपाल सरकारको २७(७(२(२ रोपनी सरकारी जग्गामा मोहीको भाग कट्टा गरी प्राप्त हुने १३(६(२(०, राजकुलो र बाटोबाट प्राप्त हुने ०(१५(०(२ समेत गरी कुल १४(५(२(२ जग्गा विशिष्ट व्यक्तिहरूको निवास परिसर विस्तार गर्ने भन्नेव्यहोरा सहितको प्रस्ताव भौतिक योजना तथा निर्माण मन्त्रालयले नेपाल सरकार ९म।प।० मा मिति २०६६।१२।१९ गते पेश गरेकोमा मिति २०६६।१२।२९ गते मन्त्रिपरिषदको बैठकबाट उक्त प्रस्ताव बमोजिम गर्ने भनी निर्णय भएको।
सम्मानित सर्बोच्च अदालतको मिति २०६४र११र३० को फैसलामा कोहि कसैलाई मोही कायम नगरेको, मिति २०६६र१०र१०,च।नं। ९००९ को मालपोत कार्यालय, डिल्लीबजारबाट तत्कालीन प्र।मा।अ। प्रेम बहादुर खापुङबाट पत्राचार भएको सो पत्रमा सर्बोच्च अदालतको मिति २०६४र११र३० को फैसला मुताविक मोही कायम भएको जग्गा भनी कार्यालयको अभिलेख भन्दा फरक मोहीहरुको नामावली उल्लेख गरेको, भौतिक योजना तथा निर्माण मन्त्रालयको मिति २०६६।१२।१९ गतेको प्रस्तावमा उल्लेखित मोहीहरूको नामावली मालपोत कार्यालय डिल्लीबजारको च। नं। ९००९, मिति २०६६।१०।१० गतेको पत्रलाई आधार लिई तयार गरिएकोले सो प्रस्तावको अनुसूची १ मा फरक व्यहोराको झुठा नामहरु समावेश गरी कीर्ते गरेको, मालपोत कार्यालय, डिल्लीबजारबाट प्राप्त विवरणमा ९(८(१(१ रोपनी सरकारी जग्गा लुकाई २७(७(२(२ रोपनी मात्र देखाएको, यसरी म।प। मा गलत तथा झुठो व्यहोराको प्रस्ताव तयार भई पेश गरिएको,
तत्कालिन भूमि सुधार तथा व्यवस्था मन्त्रालयको मिति २०६७र१र२७ को प्रस्तावको लागि टिप्पणी उप सचिव हुपेन्द्रमणी के।सी। बाट उठान भएकोमा, उक्त टिप्पणीमा सह सचिव जित बहादुर थापाले हस्ताक्षर गरी फाईल अगाडी बढिसकेपछि उप सचिव हुपेन्द्रमणी के।सी। को हस्तलिखतमा“मालपोत कार्यालय डिल्लीबजारबाट” थप गरी कीर्ते गरेको, यसरी म।प। मा झुठो व्यहोराको कीर्ते प्रस्ताव तयार भई पेश गरिएको, फलस्वरुप म।प। को निर्णय भुमिसुधार कार्यालयबाट कार्यान्वयन नभई मालपोत कार्यालयबाट हुन गएको,
नेपाल सरकार म।प।को मिति २०६६र१२र२९ र मिति २०६७।०१।३१ को निर्णयमा ५७० मिटर लामो ८ मिटर चौडा बाटो निर्माण गर्न आवश्यक क्षेत्रफल ८(१४(३(० रोपनी जग्गा मध्ये नेपाल सरकारको नाममा रहेको क्षेत्रफल १(११(२(० रोपनी र व्यक्तिको नाममा दर्ता रहेको क्षेत्रफल ७(३(१(१ रोपनी ९सट्टाभर्ना नपाउने० गरी निर्णय भएको तर सोही म।प।को निर्णय संलग्न अनुसूची ३ मा उल्लेखित सरकारी जग्गाको जम्मा क्षेत्रफल ४(१४(२(३ रोपनी र व्यक्तिका जग्गाको क्षेत्रफल ४(०(०(२ रोपनी भई गराई अनुसूची ४ को बिपरित समेत हुने गरी प्रस्ताव तयार पार्ने कर्मचारीहरुले फरक तथा कीर्ते व्यहोराको कागजात तयार गरी संलग्न गरेको, यसरी म।प। मा गलत तथा झुठो व्यहोराको कीर्ते प्रस्ताव तयार भई पेश गरिएको,
म।प। मा निर्णयार्थ पेश भएको फरक व्यहोराको कीर्ते समेत भएको कागजात सहितको प्रस्तावहरु पेश भई नेपाल सरकार म।प। लाई तथ्यगत भ्रममा पारी नेपाल सरकार म।प। बाट निर्णय भई सोपश्चात म।प। को निर्णयहरु कार्यान्वयनको क्रममा उक्त म।प। को निर्णयहरुको अपव्याख्या र दुरुपयोग एवं विपरित समेत गरी बाबुराजा महर्जन समेत १२ जना नक्कली मोहीहरूको नाममा जम्मा १३(१५(०(१ रोपनी जग्गा दर्ता गरी नेपाल सरकार समरजंग कम्पनीको सरकारी जग्गा हिनामिना तथा हानि नोक्सानी गरेको,
म।प। को निर्णयको कार्यान्वयनको क्रममा जग्गाहरु व्यक्ति विशेषको नाममा दा।खा। गर्दा समेत का।म।न।पा। वडा नं। ४ को च।नं। १९८२, मिति २०५९र३र१२ को जोतभोग सम्बन्धी सिफारिस पेश गरिएको, सो सिफारिस विचौलिया राम कुमार सुवेदीको मिलोमतोमाझुठो विवरण ९रामकृष्ण महर्जनको हकमा झुठा रहेको० सहितको सिफारिस तयार भएको, सोहि क्रममा बेरितको ९मिति उल्लेख नभएको र कर्मचारीको हस्ताक्षर नभएको० र फरक व्यहोरा उल्लेख गरी कीर्ते सर्जमिन मुचुल्का समेत प्रयोग भएको, गुठी तहसिल शाखाबाट भएको उक्त सर्जमिन मुचुल्कामा मोही, साँध सँधियारहरुलाई मोही छुट्याउने कागज हो भनी सहिछाप गराई अरु नै ९पशुपति टिकिन्छा गुठीको जग्गा लगायतको० फरक व्यहोरा उल्लेख गरी कीर्ते गरेको,
बिचौलिया रामकुमार सुवेदीको हस्तलिखतमा तयार भएको मोही भनिएका व्यक्तिहरुको निवेदनमा अन्य ब्यक्तिको हकमा समेत जग्गा माग दाबी लिईएको र उक्त निवेदनहरु समेतमा “मालपोत कार्यालयको मिति २०६६र१०र१०,च।नं। ९००९ को पत्र,म।प। को मिति २०६६र१२र२९ को निर्णय, सम्मानित सर्वोच्च अदालतको मिति २०६४र११र३० को फैसला समेतबाट हामीलाई मोही कायम गरेको हुँदा म।प। को निर्णय बमोजिम जग्गा धनी प्रमाण पूर्जा पाउँ”भनी झुठा र फरक व्यहोराको विवरण उल्लेख भएको,
म।प।को निर्णयहरु कार्यान्वयनको क्रममा मालपोत कार्यालय, डिल्लीबजारको मि।नं। ५५ को टिप्पणी र आदेश खण्डमा समेत व्यहोरा फरक पारिएको, कतिपय व्यहोरा ९मोहीका नाम समेतका तथ्य० लुकाई उल्लेख नगरी व्यहोरा फरक पारी कीर्ते गरेको, तत्कालीन प्र।मा।अ। हरिकृष्ण तिमल्सिनाले जग्गा प्राप्त गर्न मोही भनिएका व्यक्तिहरु, बिचौलिया राम कुमार सुवेदी समेतको मिलेमतोमा यसरी फरक व्यहोरा तथा कीर्ते भएको कागजातहरुको आधारमा सरकारी तथा सार्वजनिक जग्गा हानी नोक्सानी गरेको,
म।प। मा निर्णयार्थ पेश भएको फरक व्यहोराको कीर्ते प्रस्तावहरु पेश भई नेपाल सरकार म।प। लाई तथ्यगत भ्रममा पारी नेपाल सरकार म।प। बाट निर्णय भई सके पश्चात म।प। को निर्णयहरु कार्यान्वयनको क्रममा उक्त म।प। को निर्णयहरुको अपव्याख्या र दुरुपयोग एवं विपरित समेत गरी म।प। को निर्णयको कार्यान्वयनको चरणमा बाटो निर्माण गर्दा व्यक्तिको जग्गाको क्षेत्रफल ३(१२(३(१ रोपनी र सरकारी जग्गाको क्षेत्रफल ४(१५(३(१ रोपनी गरी जम्मा ८(१२(२(२ रोपनी गएको देखिँदा बाटोको नाममा नेपाल सरकारको ४(१५(३(१ रोपनी हानी नोक्सानी हिनामिना भएको,
यसरी मिति२०६६र१२र२९ र २०६७र०१र३१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय पश्चात मालपोत कार्यालय, डिल्लीबजारले मिति २०६७र०८र१६ गते नेपाल सरकार, समरगंज कम्पनीको नाममा रहेको २७ रोपनी ७ आना सरकारी जग्गा मध्येबाट आधा जग्गा १३(१५(०(१ बाबुराजा महर्जन समेत १२ जना मोही भनिएका व्यक्तिहरुको नाममा दर्ता हुनासाथ ती जग्गाहरु १ महिनाभित्र विचौलिया शोभाकान्त ढकाल, राम कुमार सुवेदी तथा निजहरुको परिवारका सदस्यहरुको नाममा तुरुन्तै हक हस्तान्तरण भएको,
राम कुमार सुबेदीले मोहि भनिएका १३ जनाको तर्फबाट वारेस भई ९माग बमोजिमका जग्गा साबिक २१ कित्ताको ३३(२(१(० रोपनीसँग भिडेको भनी नापीको पत्र र २०६९र६र१८ को म। प। को निर्णयमा उल्लेख रहेको० ४ फरक कार्यालयमा फरक मितिमा फरक निबेदन दिएको देखिएकोस् १० मिति २०५९ र २०६० मा बिभिन्न मितिमा गुठी संस्थानमा पशुपती टिकिन्छा गुठीको जग्गा हो भनी मागदाबी गरी छुट्टा छुट्टै निबेदन दिएको, २० मिति २०६६र९र१३ मा सम्मानित सर्बोच्च अदालतको फैसलाको सन्दर्भ जोडेर भूमिसुधार कार्यालयमा मोहि कायम गरी पाउँ भनि निबेदन दिएको ३० मिति २०६७र१र३१ को मन्त्रिपरिषदको निर्णयपछि मालपोत कार्यालय डिल्लिबजारमा जग्गाधनी पूर्जा पाउँ भनी निबेदन दिएको र १२ जनाले १३(१५(०(१ रोपनी जमिन प्राप्त गरेका, ४० तिनै १३ जना मध्येका ४ जनाको हकमा बाँकी रहेको ४ कित्ता ३(१२(३(० रोपनी जग्गा पशुपती टिकिन्छा गुठीको मोहि कायम गर्न मिति २०६९र११र१४ मा गुठी तहसिल कार्यालय कालमोचनमा निबेदन दिएको र ४(१४(३(२ रोपनी जग्गा द्वारिकामान महर्जन लगायतले प्राप्त गरेका । यसर्थ,बिचौलिया राम कुमार सुबेदीले अनुकुलता हेरी एउटै जग्गा घरी गुठी र घरी मोहिको नाममा माग दाबी गर्नु, सबै समयमा एकै ९२०६०र२र२० र मिति नभएको० को सर्जमिन मुचुल्का प्रयोग हुनु र मिति २०६७र८र१६ मा ९सरकारको० मोही, व्यक्तिसँग सट्टापट्टा र बाटोको नाममा समेत गरी जम्मा ३३(६(२(० रोपनी गई ९१४(१०(३(२।५ रोपनी को सट्टापट्टा प्राप्त भई० १८(१४(३(२ रोपनी जग्गा र सोही कित्ताहरुबाट बाँकि जग्गा ४(१४(३(२ रोपनी जग्गा मिति २०७०।१।२७ मा पशुपती टिकिन्छा गुठीको नाममा दर्ता हुनु तथा दुबै मितिमा गएका जग्गा लगतै वारेश बसेका निज रामकुमार सुवेदी लगायतको नाममा नामसारी हुनुले निज राम कुमार सुवेदीले सरकारी कर्मचारी समेतको मिलेमतो, प्रपञ्चमा कीर्ते र झुठो कागजात समेत बनाई पेश गरी नेपाल सरकारको जग्गा मोहीको नाममा प्राप्त
यसरी सरकारीरसार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व भएका पदाधिकारीरकर्मचारीहरूबाटै मन्त्रिपरिषदमा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेश गरी तथा म।प। लाई तथ्यगत भ्रममा पारी मन्त्रिपरिषदको निर्णय र बहाल रहेको कानूनको दुरुपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरित समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने र अन्य व्यक्तिलाई फाईदा हुने गरी मोही हक र बाटोको नाममा समेत जम्मा १८(१४(३(२ रोपनी सरकारी जग्गा हिनामिना गरी हानीनोक्सानी पुर्याएको एवं बाँकी करिब १३ रोपनी जग्गा सट्टापट्टा भई भाटभटेनीडेभलपर्सप्रा।लि। समेतको नाममा गएकोले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको छानबिन प्रतिवेदन समेतको आधारमा थप अनुसन्धान समेत गरी,
यसरी झुट्ठो व्यहोरा पारी कीर्ते समेत गरी म।प। मा निर्णयार्थ मिति २०६६।१२।१९ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट पेश भएको प्रस्तावमा संलग्न तत्कालीन सचिव दीप बस्न्यात समेत संलग्न ६ जना व्यक्ति, मिति २०६७।०१।२७ गते तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयबाट पेश भएको प्रस्तावमा संलग्न सचिव छविराज पन्त समेत संलग्न ३ जना व्यक्ति, मिति २०६७।०३।२८ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट वालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरुको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा प्राप्त गरी विस्तार सम्बन्धी अनुसूची संसोधन गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नमा संलग्न तत्कालीन सचिव दीप बस्न्यात समेत संलग्न ६ जना व्यक्ति, मालपोत कार्यालय, डिल्लीबजारबाट तयार भएको मि।नं। ५५ मा संलग्न प्र।मा।अ। हरिकृष्ण तिमल्सिना लगायत संलग्न ५ जना कर्मचारी, मालपोत कार्यालयको च।नं। ९००९, मिति २०६६र१०र१० को कीर्ते व्यहोराको पत्र काट्ने प्र।मा।अ। प्रेम बहादुर खापुङ सहित संलग्न २ जना अन्य कर्मचारी, बिचौलिया राम कुमार सुवेदी, जग्गा कारोबारी शोभाकान्त ढकाल, जग्गा प्राप्त गर्ने व्यक्ति बाबुराजा महर्जन लगायत १२ जना मोही समेतको मिलेमतो र योजनामा ललिता निवास क्याम्प भित्रको १८(१४(३(२ रोपनी सरकारी जग्गा व्यक्ति तथा बाटोको नाममा दर्ता गरी गराई र करिब १४ रोपनी जग्गा माधवी सुवेदी लगायत १३ जना र डि।एल।एफ। डेभलपर्स– १ को नाममा सट्टापट्टा स्वरुप दिई जम्मा ३३(६(२(० रोपनी जग्गा हिनामिना तथा हानीनोक्सानी गर्ने, गराउने बिरुद्द खण्डमा उल्लेखित प्रतिवादीहरुले योजना, प्रपञ्च गरी संगठितरुपमा आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई फकाई जाल परिपञ्च गरी आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई पेश गरी झुक्याई झुठ्ठो कुरालाई सद्दे हो भनी धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल आफ्नो हो भनी लिखत गरी बिक्रि ब्यबहार समेत गरी किर्ते तथा ठगी गरी आफु तथा अन्य बिभिन्न व्यक्तिहरुलाई गैह्रकानूनी र अनुचित फाईदा लिएको र सार्वजनिक र सरकारी सम्पति हिनामिना र हानी नोक्सानी पुर्याकएको हुनाले निज प्रतिवादीहरु तथा सो कार्यमा संलग्न निज प्रतिवादीहरुको बयान पोलबाट खुल्ने तथा अनुसन्धानबाट खुल्न आउने अन्य ब्यक्तिहरु समेतले साविकको मुलुकी ऐन, २०२० ठगीको महलको १ नं। मा परिभाषित कसूर अपराध गरेकोले सोही ऐनको ४ नं बमोजिम सजायँ गर्न तथा प्रस्तुत कसूरले हालको कानूनी व्यबस्थामा समेत निरन्तरता पाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ र २५१ बमोजिम ठगी सम्बन्धी कसूर अपराध भई सोही संहिताको दफा २४९ को उपदफा ३ र दफा २५१ को उपदफा ३ बमोजिम, साविकको मुलुकी ऐन, कीर्ते कागजको महलको १,७, ९ र १२ नं। तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद (२५, लिखत सम्बन्धी कसूरको दफा २७६ बमोजिम तथाअन्य प्रचलित कानून बमोजिम कारबाही गरी ऐ। ऐन बमोजिम बिगो बमोजिमको क्षतिपुर्ति समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०७६।१०।२७ गतेको समरजंग कम्पनीमा कार्यरत ऐ। कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी दरखास्त ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार