मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आनामा बनेका सात वटा महलको रङरोगन र सजावटमा मात्र २० करोड खर्च
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:२४:३४
११ भदौ, काठमाडौं । संघीय सरकारले प्रदेशलाई जनमूखी र व्यवस्थित बनाउन नसकेपनि मुख्यमन्त्रीका लागि आलिशान महलको व्यवस्था गरिदिएको छ । सातै प्रदेशका मुख्यमन्त्रीका लागि निवास बनाइएको हो । अबदेखि काठमाडौंमा बसेर मुख्यमन्त्रीहरुले प्रदेशको कामकाज चलाउने छन् । उनीहरुको परिवारसहित आउने पाउनका लागि पनि उचित बन्दोबस्तीको व्यवस्था मिलाइएको छ ।
संघ र प्रदेशका विशिष्टलाई उपस्थित गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार यसको उदघाटन गरेका थिए । प्रचण्डले भवनको उद्घाटन गर्दै यो सरकारको काम नै भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिनु रहेको बताए । तर, उनी यी सात महलको उद्घाटन गरेर सिंहदरवार नपुग्दै यसको विरोध सुरु भएको छ । जनताका कामको सिन्कोसम्म नभाचेका मुख्यमन्त्रीलाई बस्नका लागि भने आलिशान महल दिएको भन्दै यतिबेला सरकारको सवत्र आलोचना सुरु भएको छ ।
यतिबेला सबै प्रदेशको अवस्था दयनीय छ । सरकार बनाउने र मन्त्रिपरिषदलाई पुर्णता दिन भन्दा अरु कास काम भएका छैनन् । राजनीतिक खिचातानीले विकास निर्माणका काम ठप्प रहेका बेला मुख्यमन्त्री र मन्त्रीहरुको सुविधा भने थपिएको थपिएकै छ । यसै पनि प्रदेश सरकारप्रति प्रश्न उठिरहेकै थिए । अब झन अलोचना बढेको छ । प्रदेश सरकारले सेवा दिन नसकेकाले पछिल्लो समय प्रदेश कायम राख्ने कि नराख्ने भन्ने बहस चलिरहेका बेला यस्ता सुविधा युक्त भवन मुख्यमन्त्रीका लागि बनाइदा जनतामा राम्रो सन्देश भने गएको छैन् ।
ललितपुरको भैंसेपाटीमा बनाइएका यी भवनहरु आइतबार हस्तान्तरण गरिएका छन् । यी सवै सरकारी खर्चमा बनाइएका हुन् । यसको कुल लागत कति लाग्यो भन्ने नखुले पनि भवनमा रङरोगन र आन्तरिक सजावट गर्न मात्र २० करोड रूपैयाँ खर्च भएको छ । केसी समानान्तर कम्पनीसँग सम्झौता हुँदा २ वर्षभित्र निर्माणको सबै काम सक्ने भनिएको थियो । तर, दुई वर्ष समय थपेर विशेष भवन निर्माण सकिएको हो । आयोजना प्रमुख मच्चाकाजी महर्जनका अनुसार २७ रोपनी १२ आनामा मुख्यमन्त्री तथा सम्पर्क कार्यालयका सातवटा भवन र १४ वटा ब्लक (युनिट) यसमा छन् ।
सहरी विकास मन्त्रालयका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई काठमाडौं आएका बेला बस्न र सम्पर्क गर्न भवन बनाइएको हो । प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सम्पर्क कार्यालय भवनको साँचो छुट्टाछुट्टै हस्तान्तरण गरेका थिए । संघीय सरकारले चार वर्ष लगाएर भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय बनाएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १३ गते मुख्यमन्त्री तथा सम्पर्क कार्यालय भवनको शिलान्यास गरेका थिए । प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण गर्न ८५ करोड खर्च भएको बताइएको छ । अब मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा बस्न अपार्मेन्ट भाडामा लिनुपर्ने छैन । अहिलेसम्म मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा ललितपुरको डाउनटाउन अपार्मेन्टका भाडाका भवनमा बस्दै आएका थिए । यसका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अपार्मेन्टका १४ वटा भवन भाडामा लिएको थियो । प्रत्येक भवनका लागि सरकारले मासिक मासिक ५१ हजार रूपैयाँ भाडा तिर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
मन्त्री दाहालले गरे निर्माणाधीन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
कात्तिक २६, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित
मंसिर ३, २०८१ सोमबार
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
मंसिर ३, २०८१ सोमबार
चीन सरकारको सहयोगमा पुन:निर्माण भइरहेको सात तले दरबार
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली
मंसिर ३, २०८१ सोमबार