झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:४१:१३
११ भदौ, काठमाडौं । झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका(४ का २५ बर्षीय सन्देश लिम्बु र मोरङ उर्लावारी नगरपालिका-७ का २७ बर्षीय बिनोद लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाई ल्याएको उक्त लागूऔषध, मोबाइल १ थान र नगद १ हजार ७ सय २५ रूपैयाँसहित धिमाललाई तथा उनीसँगै आउँदै गरेको को.२१ प १०४० नम्बरको मोटरसाइकलमा सवार सन्देशलाई मोबाइल १ थान तथा नगद १ सय ६० रूपैयाँ र बिनोदलाई नगद ५० हजार रूपैयाँ तथा १ थान मोबाइलसहित पक्राउ गरेक हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम २४ मिलिग्राम र ओपिडल क्याप्सुल ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र खड्का समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले खड्काको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार