स्वचालित पेशी तारेख प्रणालीको सुरुवातले अदालतमा विचौलियाको प्रवेश अन्त्य भएको छः प्रधानन्यायाधीश
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:५०:३४
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताए । यसबाट तारेख र पेसीमा विगतदेखि बिचौलियाहरुले चलखेल र प्रभावको अन्त्य भएको उनको भनाइ छ ।
प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने परिस्थिति बनेको छ । अदालत अब सुधारको प्रक्रियामा अगाडि बढेको छ । यो पेशी व्यवस्थापन कडी हो । यसले तारेखसम्म सुधार गर्छ । अब सायद हाम्रो कर्मचारी साथीहरूले कसैको प्रभावमा नपरी निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गरेको छ ।’
पेशी तारिख अब प्रविधिमा आबद्ध भएकाले सुशासन कायम गर्न पनि यसले मद्दत गर्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले स्वचालित पेशी तारिख प्रणालीका लागि सर्वोच्च अदालत भित्रैको जनशक्ति प्रयोग गरिएको पनि जानकारी दिए । आजदेखि सर्वोच्च अदालतमा सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताए ।
पेसी तारिख अटोमेसन सञ्चालनका लागि काम गरेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीसहित आइटी टिममा बसेर काम गरेकाहरूलाई प्रधानन्यायाधीश श्रेष्ठले धन्यवाद दिए । उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्टवेयर निर्माण भएको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।
पेसी तारिख व्यवस्थापनसँगै कर्मचारीले आफू निकटका लागि अनुकूलमा अगाडि-पछाडि पेसी सारिदिने र कर्मचारी प्रशासनमा पहुँच नहुनेहरूलाई प्रतिकूल हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । अब सेवाग्राहीले ल्याएको रिट निवेदन-पुनरावेदन निवेदनसहितका मुद्दामा दर्तासँगै स्वतः पेसी-तारिखको मिति पाउनेछन्, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार