जिल्ला अदालतको १३ नम्बर इजलासमा ललितानिवास जग्गा प्रकरणका १७ अभियुक्तको बयान लिइँदै
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १४:१२:२४
११ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तको आजदेखि बयान लिन सुरु गरिएको छ । इजलास नम्बर–१३ मा अभियुक्तको बयान लिन सुरु गरिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासमा बयान सुरु भएको अदालत प्रशासनले जानकारी गराएको छ ।
आज सो प्रकरणमा पक्राउ परेका मध्ये १७ अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरू थुनुवा पोसाकमा छन् । उनीहरूलाई इजलास नम्बर–१४ को वेटिङ रुममा राखिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ । १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर संगठित किर्ते कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले भूतप्रभावी कानुन लगाउन नमिल्ने भन्दै सरकारी लिखत किर्तेमा मात्र मुद्दा चलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार