कांग्रेसले वीपी जयन्तीको अवसरमा साहित्य महोत्सवको आयोजना गर्ने
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १४:४०:२
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसले विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा ‘वीपी साहित्य महोत्सव २०८०’ आयोजना गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा, ११० आ वीपी जयन्तीको अवसरमा कांग्रेसले आगामी भदौ २४,२५,र २६ मा महोत्सव आयोजना गर्न लागेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘११० औँ वीपी जयन्ती अवसरमा ‘वीपी साहित्य महोत्सव २०८०’ आयोजना गर्ने निणर्य गरेको छ । भदौ २४,२५, र २६ गते वीपी स्मृति भवन ललितपुरमा आयोजना हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालय आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ ।’
तीन दिनसम्म चल्ने उक्त महोत्सवमा वीपीले पु¥याएका राजनीतिक,साहित्यिक योगदानको वीपीलाई नजिकबाट बुझ्ने अग्रज बुद्धिजीवीबाट उनको बारेमा विविध विषयवस्तु प्रस्तुत गरिने छ । विषयगत सेसनमा वीपीका साहित्यिक विश्लेषण गरिने क्रममा १२ वटा विषय रहेका छन् ।
उक्त सत्रमा वीपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सक्ता,साहित्यमा पर्यावरण, समय र सम्भाल्टन,नेपालको मातृभाषा र साहित्य वीपीका आख्यानमा नारी,वीपीका आख्यानमा मधेश, वीपीका दृष्टिमा वीपी,वीपीले नपाएका १५ वर्ष,अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा वीपी,समावेशीता,सामाजिक रुपान्तरण र वीपी,परिवारले बुझेका वीपी र युवा सत्रमा वीपी पठन लगायत १२ वटा सत्रमा वीपीलाई विश्लेषणात्मक रुपमा छलफल गरी बुझ्ने बुझाउने विश्वकर्माले बताए ।
तीन दिनको उक्त महोत्सवमा उल्लेखित विभिन्न सत्रको अतिरिक्त साहित्यिक र सांगीतिक साँझ प्रस्तुत गरिनुको साथै चित्रकला प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ । चित्रकला विशेषगरी वीपीको जीवन,कांग्रेसको क्रान्तिसँग जोडिएका र पक्षलाई उजागर गर्ने खालका लाइभ चित्रकला प्रदर्शनी गर्ने साथै विभिन्न वृतचित्र पनि देखाइने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार