गोरखा नगरपालिकामा मोतियाविन्दुको निःशुल्क उपचार
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १४:४२:२०
११ भदौ, गोरखा । गोरखा नगरपालिकाले मोतियाविन्दुकाे निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाविन्दुकाे निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । “यसअघि मोतियाविन्दुकाे शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ”, उनले भने ।
नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चस्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ ।
“स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्”, नगर प्रमुख रानामगरले भने ।
मोतियाविन्दु शल्यक्रिया गर्नुपर्ने नगरबासीका लागि निःशुल्क शल्यक्रियासहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताए । “नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ”, उनले भने ।
गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
भ्रष्टाचार र सुशासनका विषयमा यो र त्यो नभनी पत्रकारले निष्पक्ष भएर लेख्नुपर्योः प्रचण्ड
पुष १९, २०८१ शुक्रबार