‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती सुरु
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १४:५४:४०
१० भदौ, गण्डकी । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारी खेती सुरु गरिएको छ ।
माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । “सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ”, उनले भने, “तरकारीमा मात्रै वार्षिक रू चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।”
प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो । “लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्”, उनले भने, “परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल दुई सय ७० बिरुवा लगाइएको छ ।”
अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइप मार्फत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए ।
हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो ।
पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ ।
आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, “गाईको दूधले आमाबुबालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारी खेती गरिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार