महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १५:३१:५२
११ भदौ, काठमाडौं । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर ९ किलो सुन तस्करी गर्ने समूहसँग साँठगाँठ रहेको पुष्टि भएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र उनका छोरा राहुलमाथि छानबिन गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’सँग प्रत्यक्ष मिलेमतो रहेको किटानीसहित बुझाएको अनुसन्धान प्रतिवेदनमा आधारमा उक्त निर्देशन दिएको हो । महराका बाबु–छोरामाथि तुरुन्तै अनुसन्धान गर्न निर्देशन भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बतायो ।
भेप प्रकरणमा समाचार निरन्तर आउने क्रम नरोकिएपछि महराले प्रकरणमा अनुसन्धान गर्न आफू प्रहरीलाई सघाउन तयार रहेको बताउँदै आएका छन् । उनले प्रकरणमा आफ्नो संलग्नता नरहेको र मुख्य योजनाकार भनिएका चिनियाँ दावा छिरिङसँग व्यापारिक कुरा मात्र भएको दाबी गर्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले तस्करी र भ्रष्टाचारमा संलग्न देखिए आफ्नै पार्टीका मान्छेमाथि अनुसन्धान हुने बताउँदै आएका छन् । पार्टी अर्का उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि अपराधमा दोषी देखिए आफ्नै पार्टीका नेता कार्यकर्तालाई नछाड्ने र हिरासत र जेल जान तयार हुनुपर्ने बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार