नगरसभाविरुद्धको रिट उच्च अदालतद्वारा खारेजसँगै मिथिलाकाे बजेट कार्यान्वयनमा
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १६:३७:९
११ भदौ, काठमाडौं । धनुषाको मिथिला नगरपालिकाको नगरसभाविरुद्ध परेको रिट निवेदन उच्च अदालत जनकपुरले खारेज गरिदिएको छ ।
नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीलगायतले गएको साउन १६ गते नगरसभाविरुद्ध उच्च अदालत जनकपुरमा रिट दायर गराएका थिए । रिट निवेदकको दाबी नपुगेकाले रिट निवेदन न्यायाधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको इजलासले खारेज गरिदिएको हो ।
मिथिला नगरपालिकाले गत साउन १५ गते बहुमत कार्यपालिका सदस्यको उपस्थितिमा नीति तथा कार्यक्रम पारित गरेको थियो । एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि नगरसभामा सहभागी नहुँदै नगरसभा गराएर नीति तथा कार्यक्रम पारित गरेको भन्दै बदरको माग गर्दै रिट हालेका थिए ।
तर ‘निवेदक उपप्रमुख बुढाथोकीलगायतले नगरसभाको आमन्त्रणपत्र बुझेको ठहरसहित रिट खारेज गरिएको अदालतका सूचना शाखाले जनाएको छ । नीति तथा कार्यक्रमविरुद्ध नै रिट परेपछि नगरपालिकाले ल्याएको बजेट समेत कार्यान्वयनमा समेत रोक लागेको थियो ।
उच्च अदालतले मिथिला नगरपालिकाको नगरसभालाई सदर गरेसँगै नगरपालिकाको नियमित कामकाज पुनः सञ्चालन भएको छ । बजेट कार्यान्वयनको बाटो खुलेको नगर प्रमुख महेन्द्र महतोले बताए । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ७८ करोड २ लाख ६ हजार ७ सय २७ रुपैयाँको बजेट घोषणा गरेको थियो । प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् भने उपप्रमुख बुढाथोकी एमालेबाट निर्वाचित भएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार