सहकारीको मान्छे भन्दै लाखौं ठगी गर्ने युवक प्रहरीको फन्दामा
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १६:४७:३९
११ भदौ, लमजुङ । आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । तर, उनी आफू सहकारीको कर्मचारी हुँ भन्दै सहकारीमार्फत् ऋण मिलाइ दिन्छु भन्दै रकम ठगी कार्यसमेतमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
परियारले पोखरा लगायत विभिन्न स्थानमा सर्वसाधारणलाई आफू बेसीशहरमा रहेको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी भन्दै ठग्ने गरेको खुलेको छ । सोझा सिधालाई सहकारीबाट ऋण मिलाइदिने भन्दै ठग्दै आएका उनले पैसा लिएर सम्पर्कमा नआएपछि पीडितहरूले सहकारी संस्थामा जानकारी गराएपछि यो कुरा खुलेको हो ।
उनले पोखराका अर्जुन पुन र सावित्रा पौडेल अधिकारीलाई ठगी गरेको सूचना आएको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दिक्षितले जानकारी दिए ।
दिक्षितका अनुसार परियारले पुनसँग २२ हजार र अधिकारीसँग ४ लाख रूपैयाँ ठगी गरेका छन् । परियारले विभिन्न व्यक्तिलाई ऋण मिलाइ दिन्छु भन्दै सनराइज बैंकमार्फत् पैसा माग्ने गरेको र पीडितहरूले ऋण नपाएपछि सहकारीमा जानकारी गराएपछि यसबारेमा थाहा पाएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । परियारले अरू धेरै जनाबाट लाखौं ठगी गरेको हुन सक्ने बताए ।
पक्राउ परेका परियार हाल लमजुङ प्रहरीको हिरासतमा छन् । उनीविरूद्ध थप १५ जनाले आफूहरूलाई ठगि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार