देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १६:५४:२४
११ भदौ, काठमाडौं । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ ।
सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् । पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् ।
श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ । आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत गरेका विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको बढी भीड देखिएको थियो ।
दिउँसोपछि भने पशुपति क्षेत्रमा रहेका ब्राह्मण, पुरोहितसँग गोदान र पूर्णपात्र गराई व्रत उद्यापन गर्नेको भीड लागेको उनले बताए । साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा शुद्ध जल ल्याई पशुपतिनाथमा बोलबम यात्रा गरेर जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ ।
आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र भारतीय राजदूतावसामार्फत् आएका भारतका उच्च सैनिक अधिकारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । साउनको सोमबार व्रत बसी शिवालयमा जान नसक्ने भक्तजनले भने घरमै गोदान र पूर्णपात्रदान गरी व्रत उद्यापन गर्ने व्रत विधि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार