एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने नेकपाको चेतावनी
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १७:५२:२३
११ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता कुनैपनि मान्यतामा कार्यान्वयन गर्न नदिने बताएका छन् ।
आज पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले एमसीसी सम्झौता राष्ट्रघाती भएको र विरोधका बाबजुद कार्यान्वयन गरेको नाटक सुरु भएको बताए ।
‘एमसीसी कार्यान्वयन गर्ने नाटक गरिएको छ, कार्यान्वयनको नाटक गर्ने सबै राष्ट्रघातका मतियार हुन्’ उनले भने, ‘सम्झौता संसदहरुले पारित गरेपनि जनताले कुनैपनि हालतमा कार्यान्वयन गर्न दिने छैनन् । जनताले पारित गरेका छैनन् ।’ जबर्जस्त कार्यान्वयन गरेमा सडकमा आगो बल्ने चेतावनी दिए ।
सद्भाव र स्वच्छ मनले नेपालको विकासमा सहयोग गर्ने भए जनताको अनुमतिमा मात्र लगानी गर्न उनले एमसीसीसँग आग्ह गरे । अहिलेका सम्झौता अमेरिकाले आफ्नो सेना नेपालभित्र तैनाथ गर्ने योजनासाथ आएको बताए । ५५ अर्ब रुपैयाँको लोभ देखाएर नेपालमा सैन्य परेड खेल्ने दाउमा अमेरिका रहेको भन्दै राष्ट्रघाती तरिकाबाट खर्बौं रुपैयाँ दिएपनि अस्वीकार गर्ने उनले बताए ।
अमेरिकाले भनेकै ठाउँमा, उसकै सर्तमा उसले दिने पैसा खर्च गर्नुपर्ने बाध्यता सांसदहरु पर्नुपर्ने सम्झौता राष्ट्रघाती भएको पुष्टि भएको उनको भनाइ छ । एमसीसी नेपालीकाे शत्रु भएकाे भन्दै सम्झौताविरुद्धको आन्दोलनमा एकजुट हुन उनले अपिल गरे । विदेशीको डलर र रकमको लोभमा परेर देशभित्र विदेशी सेना आउन दिने कुरा अस्वीकार्य भएको उनले बताए । उनले सम्झौताबारे नेपाली सेना, प्रहरी सबैले अध्ययन गनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्माले अमेरिका एमसीसीमार्फत नेपालमा सेना भौगोलिक सामरिक कब्जा गर्न आइरहेका भन्दै सम्झौतालाई जबर्जस्त कार्यान्वय गर्न खोजेमा नेपाली देशभक्त जनतासँगले धुलो चटाएर पठाइदिने बताए ।
उनले भने ‘अमेरिकाको पराजय एकाइसौं शताब्दीको तेस्रो दशकमा नेपालबाट हुन बेर छैन, त्यसको नेतृत्व नेकपाले गर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार