दरबन्दी थप गर्ने खेलकुदपछि गुप्तचर विभागका प्रमुख थापा कोरियातर्फ
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:३०:२७
१२ भदौ, काठमाडौं । नेपाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय आपराधिक समूहले सुन तस्करी लगायतको आपराधिक हब बनाउन खोजेका बेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भने दलबलसहित कोरिया हिँडेका छन् । विभागका मुख्य अनुसन्धान अधिकृत हुतराज थापा नेतृत्वको पाँच सदस्यीय टोली सोमबार कोरिया गएको स्रोतको दावी छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)कार्यान्वयनका लागि अमेरिकी अधिकारीहरू नेपाल आइरहेका छन् । मंगलबारबाटै त्यसको औपचारिक रुपमा प्रारम्भ गरिँदैछ । पाँच वर्षको अवधि तोकिएको परियोजनाको निम्ति त्यसपूर्वका अधिकांश शर्त नेपाल सरकारले पूरा गरिसकेको अवस्थामा पनि अमेरिकी अधिकारीहरू नेपाल आइरहेका छन् । एमसीसीका भाइस प्रेसिडेन्ट तथा डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन क्यामरुन एस अल्फोर्ड मंगलबार नै काठमाडौं आउँदै गरेको अवस्थामा एमसीसी कार्यान्वयनमा जानुअघि विप्लव नेतृत्वको नेकपाले विरोध कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न कार्यक्रमहरू तय भएको पूर्वसन्ध्यामा नेपालका गुप्तचर प्रमुख भने दलबलसहित कोरिया जानुलाई राजनीति, कुटनीति र सुरक्षा संयन्त्रले अर्थपूर्ण मानेको छ ।
उनी कोरिया जानुअघि विभागमा एक एआइजी र दुई डीआईजीको दरबन्दी थप्ने खेल शुरु गरेका छन् । विभागलाई चाहिएर हैन, थापाका आफ्ना मान्छे बनाउनु परेर यस्तो गरेका हुन । यसबीच कांग्रेस निकट सुमन वैद्यसहितलाई ‘काम छैन’ भन्दै घर पठाइयो । अहिले प्रजेशसिंह हमाललाई एआईजी बनाउन रातारात दरबन्दीको ‘खेती’ चलाएर उनी कोरिया लागेका हुन् । प्रजेश विभाग प्रमुख हुतराज थापाका जाँडदेखि गाँडसम्म चलाउने पार्टनर हुन् ।
चोलेन्द्रसमशेरको कोटामा शेरबहादुरद्वारा गत वर्ष उद्योग मन्त्री बनाइएका गजेन्द्र हमालका भतिजा प्रजेशसिंह नेपालगञ्जकै बासिन्दा हुन् । त्यस्तै, दिल्लीमा एसएसपी राजन उप्रेती र काठमाडौं जिल्ला प्रशासनमा कार्यरत विकास पाण्डेको निम्ति दुई दरबन्दी थप्न अर्थमा पत्र पठाइएको छ । राजन अर्थमन्त्री प्रकाशरण महतको नुवाकोटस्थित गाउँले, जसरी पनि दरबन्दी स्वीकृत गराउँछु भन्दै दौडिरहेका छन्
राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थप्ने र आफ्नालाई ल्याउने मामिलामा प्रमुख हुतराज थापासहित एआईजी डेकेन्द्र कार्कीहरूको सक्रियता रहेको स्रोतको दावी छ । प्रशासन हेर्न भक्तपुरबाट प्रकाश आचार्य विभागमा तानिएका छन् । त्यहाँ पहिला टेकराज तिमल्सिना थिए । केही समयका लागि भक्तपुर पठाई थपिएको दरबन्दीमा बढुवा भएपछि फेरि विभागमै तान्ने योजनाअनुसार उनी गएका हुन् । तर, जागिर भक्तपुरमा भए पनि हुतराजको हितमा उनी सिंहदरबारतिरै बढी हाजिर भइरहेका छन् । उनी माओवादी पार्टी कार्यालय र सिंहदरवारस्थित गृहमन्त्रालयमा डिउटी गरिरहेका हुन्छन् ।
लमजुङ निवासी डीआईजी किशोर श्रेष्ठलाई हेटौंडाबाट कोशी प्रदेश सम्हाल्न धरान पठाइएको छ । माओवादीले भविष्यको प्रमुखका रुपमा उनलाई अगाडि सारेका कारण उनलाई कोशी पठाइएको स्रोतको दावी छ । कोशीका कृष्ण खनाल गण्डकी, कर्णालीका रामप्रसाद दास बागमतीमा, माधव तिमल्सिना कर्णाली गएका छन् । काभ्रेली पूर्वपञ्च चमारसिंह लामाका छोरा इन्द्रसिंह सुदूरपश्चिम पठाइएका छन् । उनलाई सुदुरबाट काठमाडौं नल्याउने योजनासहित उता खेदिएको विभागमा चर्चा चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार