साहिब दरबारको आयोजनामा माइस्थान विद्यापीठमा आँखा शिविर
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
भदौ १२, २०८० मंगलबार ११:१३:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/eye_ZKATT0djZG_gWSYIP005F.jpg)
१२ भदौ, वीरगञ्ज । वीरगञ्जको माइस्थान विद्याथपीठ उच्च माध्यामिक विद्यालयमा सोमबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विगत केही समय देखि आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न शिविर संचालन गरिएको हो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या 'आई फ्लु' भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए।
यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उनले बताए । आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिइन ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर संचालन भइरहेको छ । मंगलबार पनि सोही विद्यालयमा शिविर संचालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिए । सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार