यो विकास मोडल असफल भइसक्यो, अर्को बजेट नयाँ अर्थनीति र योजनाका साथ आउनेछः प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:२१:१
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विकास मोडल असफल भइसकेको भन्दै आगामी वर्षको बजेटबाट नयाँ अर्थनीति र नयाँ योजनाका साथ सरकार प्रस्तुत हुने बताएका छन् । उनले नयाँ अर्थनीति र योजनाबाबारे अहिलेदेखि नै तयारी सुरु गरिएको बताएका छन् ।
मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले विकासको मोडेलमा गुणात्मक रूपान्तरण जरुरी रहेको बताए । उनले भने, असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।’ उनले यसैअनुसार नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र त्यसको नतिजा क्रमशः आउने दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको र अनेकौँ कुप्रचार गरिएको भन्दै यसबाट आफू विचलित नभइ दृढताका साथ अघि बढ्ने बताए । भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारका विभिन्न प्रकरणलाई निष्कर्षमा पुर्याएर मात्र छोडिने बताए । नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको उनको भनाइ छ ।
माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने उनले उल्लेख गरे । माओवादीको रूपान्तरण अनिवार्य भएकामा उनले जोड दिए । देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुआत गरिएको छ, यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ, त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ, जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुआत गर्नेछ, उनले भने ।
उनले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरे । सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।
ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने उनको दाबी छ । उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको उनको दाबी छ ।
‘यो देखेर प्रतिक्रियावादी, अवसरवादीहरु र अतिवादीहरु अलिबढी विक्षिप्त भएका छन् । उनीहरुको अभिव्यक्ति सुन्नुभयो, उनीहरुको गतिविधि हेर्नुभयो भने विक्षिप्त भएको राम्रैसँग देख्न र सुन्न सक्नुहुन्छ’ प्रचण्डले भने, ‘कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् ।’
सरकारविरुद्ध जति षड्यन्त्र ग¥यो, त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार