नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौं ट्रान्जिट उडानमा यात्रु पाएन
यात्रुबिनै उड्यो दिल्ली र हङकङका लागि जहाज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १३:५५:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/nebani_udan_2GohpA416B_y001IOSh2d.jpg)
१२ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले भारतको दिल्ली र हङकङका लागि उडान गरेको छ ।
मंगलबार बिहान सवा ८ बजे भैरहवाबाट उडान गरेर काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गत्नव्यतर्फ उडेको हो । उडानका लागि सोमबार नै टिकट खुला गरेपछि दिल्ली र हङकङ जाने कुनैपनि यात्रु पाउन नसकेको एयलाइन्सले जनाएको छ ।
भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले बताए । एयलाइन्सले यही भदौ १९ गते पनि भैरहवाबाट अर्को काठमाडौं ट्रान्जिट उडान गर्दैछ ।
काठमाडौं ट्रान्जिट हुँदै हङकङको लागि इकोनमी तर्फको भाडा दर ५१ हजार ५ सय ५१ तोकिएको जनाइएको छ । हङकङका लागि ५३ हजार ५५१ रुपैयाँ भाडा दर तोकिएको छ । भैरहवाबाट काठमाडौं जाँदा थप २ हजार शुल्क लाग्ने एयलाइन्सले जनाएको छ ।
भैरहवा विमानस्थल बनेको दुई वर्ष बितिसक्दा पनि यात्रुको अभावमा अन्तर्राष्ट्रिय उडान भर्न विमान कम्पनीहरु तयार नभएपछि विमानस्थल सेतो हात्ती बनेको टिप्पणी व्यापक बन्न थालेपछि सरकार स्वामित्वको नेवानिले काठमाडौं हुँदै पहिलोपल्ट हङकङ र भारतको नयाँ दिल्लीका लागि व्यवसायिक उडान सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार