संसदमा गगन थापाले भने- ‘प्रधानमन्त्रीज्यू, यसपटक नयाँ तरिकाबाट विषयकाे सामना तयार हुनुस्’
गम्भीर मानवअधिकार उल्लंघ घटनाका दोषीलाई जोगाउने गरी विधेयक ल्याइएको भन्दै विराेध
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १५:३३:३५
१२ भदौ, काठमाडौं । संघीय सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएका छन् ।
यसअघि कानून, न्याया तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले दफावार छलफलका लागि यसअघि पेस गरेको फौजदारी अपराध संहिता–२०७४ को केही प्रावधानलाई समेत संशोधन गर्न ल्याइएको उक्त विधेयकमा मंगलबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले गम्भी रमानव अधिकार उल्लंघन घटनाका दोषीलाई उन्मुक्ति दिने गरी विधेयक ल्याएको भन्दै विरोध जनाए ।
उनले विधेयक गलत तरिकाले ल्याइएको र प्रधानमन्त्रीले यसलाई सहजै बहुमतले पारित हुन्छ भन्ने नसोच्न समेत उनले चेतावनी दिए । उनले विधेयकलाई संसदीय समितिको विषयगत समितिमा लगेर व्यापक छलफल गर्ने र सधैं हेपाहमा राखिएका आफूहरुले देखाइदिने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नयाँ तरिकाबाट विषयको सामना गर्न तयार हुनु समेत सुझाव दिए ।
एउटै विधेयकमा धेरै कानून संशोधन गर्ने बाटो राजेर कानून मन्त्रीले सांसदहरुलाई हेप्ने काम गरेको बताए । उनले सांसदलाई हेप्ने र बेवास्ता गर्ने कानूनको भारी नबोक्ने समेत आग्रह गरे । ‘आज पनि संसदलाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि टेबुल ठटाएर पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ, विधेयक समितिमै जाने हाे, भेट त्यही हुन्छ, जमेर बहस गरौंला, लडौंला ।’
मन्त्री गुरु कांग्रेसका उपसभापति समेत हुनु । उनी शेखर–गगन समूहबाटै मन्त्री बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
बेपत्ता र सत्य निरुपण आयोगको अध्यक्षमा निवेदन दिन सर्वोच्चको न्यायाधीश सरह हुनुपर्ने
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखमा कांग्रेसले भण्डारी र शाहीलाई बनायो उम्मेदवार
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार