एसिया कपः नेपालको विश्वको नम्बर वन टिमसँगको भेट, कस्तो होला खेल ?
नेपाल पाकिस्तानको खेलमा हेर्नै पर्ने खेलाडीहरू
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १५:४२:०
१२ भदौ, काठमाडौ । नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ । नेपालले भोलि भदौ १३ गते एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्दै छ ।
नेपाली टिमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सबै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिलेसम्म जति पनि खेलहरू नेपाली टोलीले खेलेको छ सवै धेरै जसो खेल आफ्नो र्यांकिङ भन्दा तलका टोलीहरुसंग खेलेको छ । यस अघि भएको एसीसी मेन्स इर्मेजिङ प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो ।
पाकिस्तान अहिले एक दिवशीय विश्व क्रिकेटको एक नम्बर र्यांकिङमा रहेको टिम हो । नेपाल भने १५ औँ नम्बरमा रहेको छ । नेपालको पाकिस्तान विरुद्धको खेलमा लगभग हार निश्चित जस्तै छ तर खेल हो जित निकाल्न पनि सकिन्छ । अहिले पाकिस्तानको कमजोरीको कुरा गर्ने हो भने लगभग देखिदैन भर्रखरै भएको अफ्गानस्थानसँगका तीन खेलमा पाकिस्तानले दुई खेलमा जीत निकाल्न निक्कै संंघर्ष गर्नु परेको थियो तर उसको ‘लोअर मिडल अडर’ले राम्रो ब्याटिङ गर्दा जित निकाल्न सफल भएको हो । नेपालको पछिल्ला ५ खेल हेर्ने हो भने एकदमै आउट अफ र्फम रहेको छ ।
जति खेल नेपालले आफ्नो होम ग्राउण्डमा खेलेको छ सबै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रीएको छ । नेपालको प्रमुख हतियार भनेको स्पिन वलिङ रहेको छ तर पाकिस्तानी व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर रहेका छन् नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनिहरु तयार रहेको देखिन्छ ।
नेपालका पूर्व कप्तान पारस खड्का भने यो नेपालको लागि एसिया कप खेल्ने अवसर भने गौरव गर्नु पर्ने अवसर भएको र यसको भरपुर सदुपयोग गर्नु पर्ने बताउँछन् । उनी भन्छन् ‘ मंगलबार हुन गइरहेको खेलमा नेपाली टिम र पाकिस्तानी टिमका कण्डिसन धेरै फरक हो । नेपाल जुन अवस्थाबाट यहाँ सम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नु पर्छ । खेलमा हार जीत हुन्छ हामीले हाम्रो साख जोगाएर लाने हो । अहिले नेपाली खेलाडी उत्साहित छन यसको सदुपयोग गर्नु पर्छ ।
नेपाल पाकिस्तानको खेलमा हेर्नै पर्ने खेलाडीहरू
पाकिस्तानी व्याटर बाबर आजम एक दिवशीय क्रिकेटका व्याटिङ र्यांकिङमा पहिलो नम्बरमा रहेका खेलाडी हुन उनी एक्लैले खेल जिताउने क्षमता राख्दछन् । उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४ सय ७२ रन बनाएका छन् उनको स्ट्यकरेट लगभग ८२को रहेको छ ।
त्यस्तै अर्का पाकिस्तानी व्याटर फकर जमान पनि विश्व क्रिकेटको ५ नम्बरको र्यांकिङमा रहेका छन् । उनले पनि पछिल्ला १० खेलमा ५८ को औसतमा ५ सय २३ रन बनाएका छन् । अर्का पाकिस्तानी ब्याटर इमाम उल हक पनि विश्व क्रिकेटको तेस्रो नम्बरको र्यांकिङमा रहेका छन् । यि ब्याटरहरु नेपालको वलिङ लाइनको लागि खतरा हुनेछन् ।
नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा ३० को औसमा २९७ रन बनाएका छन् । त्यस्तै अर्का व्याटर भीम सार्की हुन उनले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन् । कप्तान रोहित पौडेलको पनि पाकिस्तानसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ । ‘टप अडर’ यदि प्लप भएमा उनले खेल सम्हाल्नु पर्ने देखिन्छ ।
बलरको कुरा गर्नेहो भने पाकिस्तानमा कोही भन्दा कोही कम छैनन् । पाकिस्तानको फास्टबलर र स्पीनर उतिकै दमदार रहेका छन् । एक दिवशीय र्यांकिङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीको पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन् । उनी नेपालको व्याटिङ लाईनको खतरा बन्न सक्छन् उने पेसको अघि नेपाली व्याटर निक्कै सम्हालिएर खेल्न जरुरी देखिन्छ । अर्का फास्ट बलर हरिस रउफ पनि उतिकै खतरा रहेका छन् उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन् ।
नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाइमा सन्दीप लामिछाने पर्छन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ पाकिस्तानी व्याटरलाई । तर सन्दीपले भने विश्वको विभिन्न ठाउँमा गएर खेल खेलेको कारण उनको वलिङको एनालाइसिस् गरेर उनी माथि पाकिस्तानी वलरले एट्याक गर्न पनि सक्छन् । सन्दीपले पछिल्ला १० खेलमा १८ विकेट निकालेका छन् । नेपालका अर्का वलर ललित राजवंशी अहिले निक्कै फर्ममा देखिएका छन् उनको वलिङ पाकिस्तानको लागि खतरा हुन सक्छ । नेपाली वलर करण केसी र सोमपाल कामीले पाकिस्तान विरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भोलि भदौ १३ गते हुनेछ । एसिया कपका प्रतिस्पर्धी हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दाबेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार