५० ओभरमा हुने एसिया कपमा छ देशले प्रतिस्पर्धा गर्ने
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १६:१:२९
१२ भदौ, कोलम्बो । पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।
श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिता अगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न कोलम्बोमा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।
समूह ‘क’ मा नेपालसहित भारत र पाकिस्तान छन् । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि शीर्ष स्थानमा रहेको छ । गत साता अफगानिस्तानलाई ३–० ले हराएर विश्व नम्बर एक बनेको पाकिस्तान श्रीलङ्कामा फाइनलसहित बाँकी नौ खेल खेल्नेछ । एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एशिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत छन् ।
क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एशिया कप जितेको छ । आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्माले पुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता सिपालु ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ ।
कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एशिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडी श्रीलङ्कामा अभ्यासरत छन् । एक दिवसीय वरियतामा १५ औँ स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो ।
समूह ‘ख’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । बङ्गलादेश एक दिवसीय वरियतामा सातौँ, श्रीलङ्का आठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार