विश्वमै पहिलोपटक भेटियो मस्तिष्कमा जीवित कीरा [ हेर्नुस भिडियो ]
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १६:२३:४०
फिल मर्सर, बीबीसी-सिड्नी
१२ भदाै, काठमाडौं । विश्वमै पहिलोपटक अष्ट्रेलियाकी एक महिलाको मष्तिष्कमा जीवित किरा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार ती महिलाको मष्तिष्कमा ८ सेन्टिमिटरको जीवित किरा भेटिएको हो ।
गत वर्ष क्यानबेरामा गरिएको शल्यक्रियामा बेलायतमा जन्मेका बिरामीको टाउकाको अगाडिको भाग (फ्रन्टल लोब)मा रहेको तन्तुबाट धागो (स्ट्रिङ) जस्तो किरा निकालिएको थियो । त्यो रातो परजीवी त्यहाँ दुई महिनासम्म रहन सक्छ ।
जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजार गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । क्यानबेरा अस्पतालका सङ्क्रामक चिकित्सक सञ्जय सेनानायकेले भने, ‘शल्यक्रिया गर्ने थियेटरमा भएका सबै जना स्तब्ध भएका थिए, जब सर्जनले असामान्य चीज उठाउन फोर्सेप लगाए, त्यो असामान्य चीज ८ सेन्टिमिटरको हल्का रातो कीराको रुपमा निस्कियो ।’ उनले थप भने, ‘यो एक नयाँ सङ्क्रमण हो, जुन मानवमा पहिले कहिल्यै देखिएको थिएन ।’
ओफिडास्कारिस रोबर्टसी सामान्य गोलोकिरा पाइथन अस्ट्रेलियामा धेरै पाइने गैर विषालु सर्पहरू हुन् । वैज्ञानिकहरूका अनुसार ती महिलाले आफू बसेको स्थान नजिकै तालको छेउमा एक प्रकारको स्थानीय घाँस, वारिगल ग्रीन्स सङ्कलन गरेपछि राउन्डवार्म (गोलोकिरा) समातेको हुनसक्छ ।
इमर्जिङ इन्फेक्सियस डिजिज जर्नलमा लेख्दै अष्ट्रेलियका परजीवी विज्ञानका विज्ञ मेहराव हुसेनले ती महिलाले पाइथनको मल र परजीविका अण्डाहरूबाट दूषित घाँसका विरुवाहरू प्रयोग गरेपछि उनी दुर्घटनामा परेको आशंका गरेका छन् ।
पेट दुख्ने, खोकी लाग्ने, राति पसिना आउने र पखाला लाग्ने जस्ता असामान्य लक्षणहरू उनीमा देखिएको थियो । उनमा बिर्सने पन बढ्दै गएको देखिएको छ चिकित्सकहरूले बताएका छन् ।
बिरामीलाई सन् २०२१ को जनवरीको अन्त्यमा अस्पताल भर्ना गरिएको थियो । परीक्षण गरेर हेर्दा उनको मष्तिष्कको दाहिनेतिरको अगाडिको लोबभित्र असामान्य चोट देखिएको थियो । उनको अवस्थाका कारण सन् २०२२ को जुनमा गरिएको बायोप्सीको क्रममा यो विषय थाहा भएको थियो । उनको अवस्था ठीक हुँदै गएको मेडिकल रिपोर्टमा देखिएको छ ।
‘ओफिडास्केरिस लार्भाले मस्तिष्कमा आक्रमण गरेको कुरा पहिले प्रतिवेदन उल्लेख गरिएको थिएन,’ डा हुसेनले लेखेका छन्, ‘मानवमा तेस्रो चरणका लार्भाको बृद्धि उल्लेखनीय छ, किनकी अघिल्ला प्रयोगात्मक अध्ययनले भेडा, कुकुर र बिरालाजस्ता घरपालुवा जनावरहरूमा लार्भाको विकास भएको देखाइएका थिएनन् ।’ अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु)का मेडिसिनका एसोसिएट प्रा डा सेनानायकेले बीबीसीलाई भने, ‘यो केस चेतावनी हो ।’
एएनयुको टोलीले पछिल्ला ३० वर्षमा ३० प्रकारका नयाँ सङ्क्रमणहरू देखा परेको प्रतिवेदनमा उल्लेख गरेको छ । तीन चौथाइ जुनोटिक हुन् –सङ्क्रमक रोगहरू जुन जनावरबाट सरेका छन् ।
‘यसले मानव जनसङ्ख्या विस्तार भएको देखाउँछ, हामी जनावरहरूको नजिक जान्छौं, उनीहरूको बासस्थान अतिक्रमण गर्छौँ । जुन हामीले बारम्बार देखिरहेका छौँ । यो निपाहा भाइरस जुन जङ्गली चमेरोबाट घरेलु सुँगुरमा गएको छ र त्यसपछि मानिसमा सरेको छ, चाहे त्यो कोरोना भाइरस होस् अन्य कुनै । जस्तै सार्स वा मेर्स जो चमेरोबाट सम्भवतः माध्यमिक जनावर (घरपालुवा जनावर)मा सर्छ र अनि मानिसमा सर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार