बजेटको कानुनी र संवैधानिक हैसियत समाप्त भएपछि कोशी प्रदेशमा खर्च संकट
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १६:४९:५२
१२ भदौ, विराटनगर । कोशी प्रदेशमा बजेट विहीनताको स्थिति पैदा भएको छ । काम चलाउन अवस्थामा पुगेको सरकारले बजेट चलाउन नपाएपछि खर्च संकट उत्पन्न भएको छ । सरकारी कामकाज र भैपरी खर्चको समेत समस्यामा सरकार परेको छ । मुख्यमन्त्री उद्धब थापा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याउन नपाएपछि बजेट खर्च बन्द भएको हो ।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकतामा प्रश्न उठाउँदै परेको रिटको सुनुवाइ गर्दैै सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने र नीतिगत प्रकृतिका काम नगर्न आदेश दिएको थियो । यसैले यसअघि एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएउन नपाएपछि कोशी सरकार बजेट होलिडेको स्थितिमा पुगेको हो । ।
गत ३२ जेठमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभामा पेश गरेको थियो । प्रदेशसभामा पेश गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याए उक्त अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले विश्वासको मत लिँदा सभामुखले पनि मत दिएको विरोधमा एमाले र राप्रपाले प्रदेशसभामा नाराबाजी गरेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरियो । सरकारले अध्यादेशबाटै अर्को बजेट ल्याउन प्रदेशसभाको अधिवेशन अन्त्य पनि गरिसकेको छ ।
सरकारले हरेक वर्ष आम्दानी र खर्चको अनुमानसहितको बजेट प्रदेशसभामा पेश गर्छ । उक्त बजेट प्रदेशसभाबाट पारित भएपछि सरकारले त्यसै अनुसार खर्च गर्न पाउँछ । प्रदेशसभाबाट पारित नभएको अवस्थामा सरकारले बजेट खर्च गर्न पाउँदैन । यसलाई नै बजेट होलिडे भनिन्छ ।
निरन्तरको सत्ता दाउपेचले दलहरूबीच बढाएको बेमेलकै कारण कोशी प्रदेश बजेट होलिडे सुरु भएको हो । प्रदेश सरकारलाई यातायात, मालपोत, वन जंगल, ढुंगा–गिटीलगायतका क्षेत्रबाट राजस्व संकलन गर्ने अधिकार छ । सोमबारबाट प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रबाट पनि राजस्व संकलन गर्न र साधारण खर्चसमेत गर्न नपाउने अवस्था बनेको छ ।
दीर्घकालीन महत्वका कुनै काम नगर्न सर्वोच्चले भनेपछि सरकारलाई अध्यादेशमार्फत् बजेट ल्याउने बाटो बन्द भएको छ । पुरानो अध्यादेश निष्क्रिय हुने र नयाँ ल्याउन पनि नपाउने अवस्थाले प्रदेशमा अर्थ संटक सुरु भएको छ । बजेट रोकिने अवस्था आएपछि सरकार अदालत जाने तयारीमा छ । कोशीका आर्थिक मामिलामन्त्री बाबुराम गौतमले यो अवस्थाबाट मुक्त हुनका लागि सर्वोच्च जाने तयारीमा रहेको बताए ।
आर्थिक मामिलामन्त्री गौतमका अनुसार सर्वोच्चमा सरकारले बजेट ल्याउने बाटो खोलिदिन आग्रह गर्दै निवेदन दिने तयारी गरेको छ । भदौ १५ मा प्रदेश सरकारबारे सर्वोच्चमा पूर्ण सुनुवाइ हुँदैछ । त्यसबेलासम्म के गर्ने भन्ने अन्योल भएको मन्त्री गौतमको भनाइ छ । उनका अनुसार बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार